सामाजिक अर्डरभित्र उत्तरआधुनिकताको प्रवेश

एकजना समाजशास्त्रीका अनुसार “स्वर्गको गौरवमय राजधानि भनेको समाज नै हो ।” त्यो समाजको निर्माता व्यक्ति व्यक्तिहरुबिचको सामाजिक चेतनशील प्राणि मानिस नै हो । हो, मानव निर्मित हाम्रो समाजमा अनेकौ सामाजिक परिवेश भित्रका विविध पक्षहरुलाई सुक्ष्म तरिकाले विश्लेषण गर्नु,अध्ययन गर्नु अनि समय र परिस्थितिअनुसार परिमार्जित गर्नु समाज बिज्ञानको दृष्टिकोणबाट त्यो समाजकै पक्षमा हुन्छ र समाजलाई अनि स्वस्थ मानिसको चिन्तनलाई अझै व्यवस्थित र अनुकुल बनाउन मद्दत पु¥याउछ । फलस्वरुप मानव जीवन निरन्तर रुपमा चलायमान अनि गतिशिल भइरहने हुन्छ ।

समाज विज्ञाल अनुसार समाज आफैमा एउटा गतिशिल राज्य जस्तै हो । यो संरचना भित्र अनेकौ स्थापित यम,आचार,मान्यता, परम्परा एवम् थरिथरिका विचारहरुको समिश्रणबाट यसका संरचना निर्माण भएका हुन्छन । जुन संरचनाले समाजलाई नियन्त्रण र नियमन गर्ने काम गर्दछ । जसलाई हामि समाज बिज्ञानको भाषामा सामाजिक व्यवस्था (social order) भन्दछौ । यी यस्ता सामाजिक व्यवस्थालाई अनेकौ वैज्ञानिक ढाँचामा बदल्नु,समयानुकुल परिमार्जित गर्न खोज्नु समयले मागेको सान्दर्भिक माग र रुचाइएको बिषय हो । जसको क्रमिकतालाई अझै बलियो र फराकिलो पार्न पनि सक्नुपर्दछ । एउटा सत्य यो हो कि , मानव निर्मित समाज सधै पछौटेपन जडता र अन्धविश्वासमा मात्र थिग्रिएर स्थिर रहि राख्न सम्भव छैन । यो गतिशिल हिसाबले अगाडी बढिरहन्छ । तर सहि मार्गमा समाज विकासका अनेकन पक्षलाई डोयाउने महत्वपर्ण जिम्मेवारी गौण हो । समाज विकास दुई तरिकाले हुन्छ एउटा सकारात्मक र अर्को नकारात्मक , जस्तै सिरिया र रुुवान्डा जस्ता देश केहि शक्तिकेन्द्रका निहित स्वार्थले बर्बाद हुने अवस्थामा पुगे । त्यो दया लाग्दो अवस्थामा पु¥याइनु नकारात्मन परिवर्तन र नकारात्क समाज विकासको पराकाष्टा हो । यो उदाहरणबाट के प्रष्ट हन्छ भने समाजका अनेकौ व्यवस्थालाई सहि दिशामा नडो¥याइदा त्यसले भयावह स्थिति सिर्जना गर्छ र समाजको सामाजिक विकास बर्बादितर्फ अग्रसर हुन्छ । त्यसकारण यी सामाजिक व्यवस्थामा सकारात्मक क्रमभब्गता ल्याउनु र समाजसँग समायोजन पनि गराउन सक्नु हचुवाको तालमा गफ गरेर सार्थक हुदैन । त्यका लागि दह्रो ईच्छाशक्ति र उचित किसिमको सँघर्ष अनि बिषयबस्तुमा निपुर्ण लिडर नै चाहिन्छ । वर्तमान चेतनशील समाजलाई नियाल्ने र नयाँपथ दिने विभिन्न किसिमका सिद्धान्त र दर्शनहरुको चस्माबाट मात्रै आइस ब्रेक गर्न सकिन्छ । हुन त संसारकै विश्वविद्मालयमा पढाई हुने अनेकौ समाजशास्त्रिय दर्शन र सिद्धान्तहरुका सन्दर्भमा माक्र्सले भन्नुभएको छ कि “दार्शनिक र सिद्धान्तकारहरुले संसारको व्याख्या मात्र गरेका छन् तर मुख्य कुरो त्यसलाई बदल्नु हो ।” जुन दर्शन, सिद्धान्त नयाँ विकल्प दिएर होइन कि हिजो यस्तो भएको थियो अनि भइरहेका छ भन्ने बिषय मात्रै बोल्दछन तर कुनै ठोस विकल्प सहितको नयाँपन दिदैनन् ।

सामाजिक संरचना , हाम्रा सम्बन्ध,मुल्यमान्यता , रितिरिवाज , चालचलन , धर्मकर्म , वृति, सँस्कार,सँस्कृति, राजनीति ईत्यादि यी जम्मै समाज निर्माणका आधार स्तम्भ हुन । यी विषय मानव जीवनसँग अन्योन्याश्रित छन , जसकै सहायताले हामिले सामाजिक जीवन अपनाईरहेका हुन्छौ । जुन दिनदेखि यी सामाजिक संरचनाका आधारहरु काम गर्न छोड्छन समाज त्यहि दिनदेखि मरेको लास जस्तो हुनेछ । मरेको लासमा जतिसुकै कृत्रिम सास भर्न खोजेपनि त्यो निस्क्रिय नै हुन्छ । ढुङ्गे युगदेखि वर्तमान बिज्ञान प्रबिधिको युगसम्मको यो निरन्तर यात्रामा निष्कर्ष सहितका विज्ञान सम्वत् विषयलाई आधुनिक समाजले आत्मसात गरेपनि हाम्रो जस्तो परम्परावादि समाजले नवीनपन ग्रहण गर्न नसक्नुले हामिले तेस्रो विश्वका मानिसको परिचय पाएका छौ अथवा दिइएको तितो सत्य छ । विश्विद्मालयमा सिद्धान्त र दर्शन पढनु , जान्नु भनेको तीनका निर्जीव अक्षरको रटान लगाई मात्रै सर्टीफिकेट प्राप्त गर्ने र विश्वबैङ्कमा जागिर खाने बिषय मात्रै होइन । यीनको व्यवहारिक प्रयोगले समाज र देशलाई प्रगति र समृद्धिको दिशातिर डो¥याउन सक्नुपर्छ । त्यसैले त गान्धिले कतै भन्नु भएको छ “विद्माकासाथ जीवनको आदर्श केहि पनि उच्च हुदैन भने पढनु व्यर्थ छ ।” यद्मपि मानिसको जीवनको आदर्श समाजको सुख र समृद्धि सँग जोडिएको हुन्छ ।

जब कुनै विद्ममान सिद्धान्त वा दर्शन अपर्याप्त भएपछि नयाँको जन्म हुन्छ । सामाजिक व्यवस्थामा नवीनपन थप्ने र आधुनिकशैली अपनाउन मद्दत पु¥याउने धेरै सिद्धान्तमध्ये एक हो उत्तरआधुनिकतावाद अथवा (post–Modernism) । यसले भन्छ हिजोको सत्य आज भ्रम भइदिन्छ । व्यक्तिपिच्छे,समयपिच्छे,स्थानपिच्छे अनि परिस्थितिले सत्यको निर्माण गर्छ । पुरानोको प्रतिस्थापन , स्थिरताको बिरोधि र यथास्थितिको बागि अनि विचार र कार्यमा नवीनपन ल्याउन खोज्नु उत्तरआधुनिकता हो । यसैको व्यवहारिक प्रयोग स्वरुप आइन्स्टाइन,ग्यालीलियो,कोपर्निकसहरु उपलब्ध सत्यमा कहिल्यै भर परेनन् त्यो माथि प्रश्न गरे,सन्देह गरे अर्को वैकल्पिक सत्य पनि छ कि भन्दै गए र अन्त्यमा विकल्प पत्ता लाग्यो । यस्ता प्रत्येक विकल्पले मानव समुदायलाई नयाँपन प्रदान गरिरहेको हुन्छ । जस्तै कि ग्यालीलियोले सुर्ये पृथ्वीको परिक्रमा गर्दैन भनेर सन्देह नगरेका भए आज पृथ्वी सुर्यको परिक्रमा गर्छ भन्ने कुरा स्थापित हुदैनथ्यो । त्यसकारण उपलब्ध सत्य,मुल्यमान्यता अनि सामाजिक संरचनाका तत्वहरुमाथि प्रश्न गर्नु आलोचना समालोचना गर्नु र नयाँ विकल्प प्रदान गर्नु हाम्रै समाज अग्रगमनतिर जानु हो । यो सिद्धान्तको परिभाषा दिदा कला साहित्यको एउटा हुन्छ । राजनीतिको अर्को , समाजशास्त्र मानवशास्त्रको अर्को, धर्मको अर्को सबैलाई समेटने गरि बोल्दा उत्तरआधुनिकता भनेको हाम्रो वर्तमान परिस्थितिमाथिको अनेकौ दृष्टिकोणको समग्रता हो । यसले कुनै बस्तुको प्रत्यक्ष उदाहरण दिदैन बरु अनेक अबधारणा र तर्कहरुमा ओराल्छ । उतरआधुनिकता धेरै जनाका लागि धेरै चिज हो । यद्मपी सारांसमा यो आधुनिकताले सिर्जना गरेको मुल्यमान्यता प्रतिको तिखो र आलोचनात्मक दृष्टिकोण हो । यो कुनै आधुनिक बिषय नभई त्यहि आधुनिकता माथिको समालोचनात्मक दृष्टिकोण हो जसले आधुनिकता अँगालेको मुल्य मान्यता र आदर्शलाई सहि दिशा प्रदान गर्दछ । यसको अर्थ यो होइन कि पुरानोलाई भत्काई मात्र दिने र उतरआधुनिकतालाई मात्र अँगाल्ने । सर्वव्यापि सत्य यो हो कि उतरआधुनिकताको जन्म र जग पनि आधुनिकता नै हो । मात्र के हो भने हामिलाई खाना चाहिन्छ तर फरक फरक परिकार र स्वादमा , हामिलाई यन्त्र चाहिन्छ तिनका रङ्ग र आकृति फरक भएर । कतिपयले भत्काउनु लक्ष्य हो भनठानेर त्यसलाई उत्तरआधुनिकतासित जोड्छन , तर त्यसो होइन , यसको भत्काई प्रतिस्थापन हो पुनसंरचना हो जसलाई सिद्धान्तले विनिर्माण नवनिर्माण भन्छ ।

हाम्रा सामाजिक व्यवस्थामा उत्तरआधुनिकताको प्रयोग कसरी गर्ने यसका फाइदा बेफाइदा के भन्दा यसले यथास्थितिप्रति असन्तृष्टि व्यक्त गर्ने समालोचना गर्ने र मानव समुदायलाई वर्तमान समयमा उपयुक्त विधिको वकालत गर्ने नै हो । जस्तै संस्कृत शिक्षा बाहुनले मात्रै किन पढनुपर्ने भन्ने मान्यतालाई दलितले किन पढनु हुदैन भन्ने विचारमा ओराल्छ र प्रश्न गर्छ कि, के दलितहरुले संस्कृतको ज्ञान र बेद पुराण जस्ता धार्मिक ग्रन्थहरु को औपचारिक ज्ञान लिनु हुदैन भन्ने विषयमा कुनै तथ्य र तर्क छ ? छैन भने पशुपतिनाथमा दलितले संस्कृतका मन्त्र श्रवण गर्दा हुने,लायन बसेर सँगै पुजाआजा गर्दा भगवान कतै नरिसाउने तर वेद पुराण पढदा अनर्थ हुने कसरि ? त्यसैले यस्ता रुढीबादि मान्यतालाई यो सिद्धान्तको सहयोगले भत्काउने र विनिर्माण गर्ने हो । त्यस्तै नेपालीहरुको महान चाड दशैमा पशुबली दिएर मनाउने विषय कुन धर्मसंगत छ ? यसले पर्याबरणिय सन्तुलनमा कति असर गर्छ होला कहिल्यै सोचेका छौ ? मन्दिरमा नरीवल , फुल, अक्षेता मात्रै चढाए पनि भगवान खुशि हुन्छन भने लाखौको खर्च गरी पशुबली दिनाको औचित्य पुष्टि कसरी गर्ने ? बरु सरदर रुपमा हुने त्यो फजुल खर्च सामाजिक सेवामा लगाएको भए आज हाम्रो समाज कति सुन्दर हुन्थ्यो होला । वातावरण बिगार्दै छौ,स्वास्थ्य बिगार्दै छौ रुख काटदै वन मास्दै तीब्र र अव्यवस्थित सहरिकरणले पृथ्वीको तापक्रम बढिरहेको छ । बाढीपहिरो आउने , पानीका मुहान सुक्ने,वायुमण्डलमा कार्वनमोनोअक्साइडको मात्रा बढदै जाने अनि मानव स्वास्थ्यमा समस्या निम्त्याउने जस्ता विषयलाई पनि उत्तरआधुनिकताको नवीन विचारले आत्मसात गर्छ र रुख रोपौ हरियाली वातावरण बनाऔ र प्राकृतिक बिपदबाट सुरक्षित बनौ भन्ने समाधान दिन्छ । हाम्रो समाजमा जातीय छुवाछुत , छाउपडी कुप्रथा , झुमा प्रथा , बोक्सि धामिझाक्रि प्रथा ईत्यादिलाई अब आधुनिक परिभाषा दिऔ र मानव जीवनलाई अझ सुन्दर पारौ । त्यस्तै विशेष गरि सुदुरपश्चिममा जरा गाडेर बसेको छाउपडी कुप्रथाले छाउगोठमै अकाल ज्यान जादा पनि अब व्यवस्थित र घरमै छोरिचेलीलाई बसाउनुपर्छ भन्ने कुराको वकालत यो सिद्धान्तले गर्छ । त्यस्तै ज्क्ष्ख् रोगबाट ग्रसित व्यक्तिलाई पनि धामि झाक्रिले निकोपार्छु भन्दै देविदेउता भाकल गर्ने विषय नितान्त रुढीबादि र अन्धविश्वास हो भनेर उत्तरआधुनिकताले भन्छ । चार जना पुरुष बसेको ठाउनेर एउटी महिलाले टाउको निहुराएर पितृसतात्मक समाजको निरन्तरतामै हिडनु पर्ने बाध्यता लैङ्गिक हिंसाको पराकाष्ठा को बिरुद्धमा अहिले केहि संस्थागत हिसाबले ग्रामिण क्षेत्रमा चेतना जगाउनु (बाहिर देखिने पाटो) पनि यहि वाद अन्र्तगतकै अवधारणा हो । सामाजिक संरचनाको एउटा मुख्य आधारस्तम्भ भनेको धर्म हो । यसको सुक्ष्म अध्ययन गर्ने मध्यका एकजना विश्वविख्यात समाजशास्त्री ईमाइल दुर्खिमका शब्दमा “धर्मको सबैभन्दा मौलिक प्रकार्य (Function) सामाजिक एकताको सिर्जना वृद्धि र सम्पोषण गर्नु हो ।” धर्मले समाजमा अनुशासन कायम गर्छ,आ–आफ्नो समुहसँग को लगाव बढाउछ । अनि सामाजिक लक्ष्यहरुप्रति समर्पण भाव राख्छ । सामाजिक विकासका लागि जहाँ नैतिकताको विकास जरुरी हुन्छ , त्यहि नैतिकतालाई सुदृढ गर्न धर्मको सबैभन्दा बढी योग्दान हुन्छ । यस अवस्थामा धार्मिक चाडपर्वहरु,अनुष्ठानहरु र संस्कारहरुद्धारा सामाजिकताको भावना प्रोत्साहित गरि मानिसहरुको निराशा हटाउने प्रयत्न गर्दछ । यस्तो सामाजिकता र सामुहिकताको भावना जति बढदछ , सामाजिक एकतामा पनि त्यति नै बृद्धि हुन्छ । त्यसैले स्पष्ट छ कि धर्मको महत्वपुर्ण कार्य विभिन्न विश्वासहरु र आस्थाहरुद्धारा सामुहिकता बृद्धि गरि सामाजिक एकतालाई प्रबद्र्धन गर्नु हो । अब यसलाई उत्तरआधुनिकक चिन्तन सँग जोडदा यसले अनुशासन र नैतिकताको मात्रै भुमिका निर्माण गर्दैन ,अर्कोतर्फ धर्मले समाजमा अनेकौ विघटनकारि ,पृथकताबादी र सामाजिक असमानताका प्रवृतिहरु पनि उत्पन्न गराएको छ । यसले कहिलेकाहि समाजमा भेदिकरण,तनाव र समस्याहरु समेत उत्पन्न गराउँदछ । हो , हामिले धर्म माथि पनि यति मात्रै प्रश्न उठाउने साहस राख्यौ भने त्यसले समाजमा एक खाल्को असमानताबाट समानता अनि अनुशासनबाट नैतिकतातिर डो¥याउने अनि जडतापूर्ण हिसाबले जगडिएको धर्म पनि परिवेश अनुकुल होला कि ?

समाजमा रहेका हुनेखाने र हुदाखादा वर्ग बिच मनाईने हाम्रा चाडपर्व र त्यसका नकारात्मक परिणतिले समाजमा कोरिएका बर्गीय खाडलहरु पुर्नको निम्ति पनि उत्तरआधुनिकताको व्यवहारिक प्रयोग जरुरि छ । झनै हाम्रा यी मौलिक चाडपर्वमा आधुनिकताका नाममा अत्यधिक रक्सीको प्रयोग , लागुऔषधको प्रयोग त्यसैका कारणले समाजलाई हुने असर, डर,त्रास अशान्ति,झगडा जस्ता समस्या हत्या हिंसा सम्म गएर टुङ्गिन्छन । रात्रीभर मनाइने चाडपर्वमा महिला हिंसाका र अराजकताका श्रृखला बढदो मात्रामा छन, भने अब पनि यी संरचनाको विनिर्माण र व्यवस्थापन गर्न जरुरी भएन र ? भन्ने पक्षमा यो सिद्धान्तले जोडबल गर्छ र वर्तमान सुहाउँदो सत्य स्थापित गर्छ । आधुनिकता पछिको उत्तराधिकारीको रुपमा आएको यो उत्तरआधुकितावाद को क्षेत्र दिनानुदिन बढदै गएको अवस्था छ । सामाजिक क्षेत्रमा , दर्शनमा , राजनीतिमा , सँस्कृतिमा , सँस्कारमा , नीति नियम , मुल्यमान्यता ईत्यादिमा समयलाई सुहाउने तरिका र प्रक्रिया अबलम्बन गर्नु अनि बहुसब्ख्यक मानिसहरुले ग्रहण गर्नु र जीवनलाई सजिलो प्रक्रियामा चलाउनु यस सिद्धान्तको मुल ध्यये हो ।

अन्त्यमा, यो सिद्धान्तसँग जोडिएर आउने आलोचना , समालोचना र विरोध तितान्त रुपमा फरक शब्द र फरकरुप हुन । कतिपय सन्र्दभमा अस्वभाविक विरोधलाई पनि यहि सिद्धान्तसँग जोडने चेष्टा पनि भएका छन र हुन सक्छन , तर त्यसो होइन यसले त विषय सन्दर्भ अनि चेतना र पदार्थ आदिलाई अनेकौ दृष्टिकोणबाट हेर्छ र यथास्थितिभन्दा राम्रो , सजिलो , सुन्दर अनि भव्य बनाउने बिकल्प पो दिने हो त ! कि कसो त…?

बिक्रम खत्री
तिमिल्सैन-४ अछाम

You May Also Like


Leave a Reply

Your email address will not be published. Required fields are marked *