कैलालीमा विवाहको गाडीमा आगजनी

धनगढी : नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको पार्टीको बन्दको सुदूरपश्चिममा आंशिक प्रभाव परेको छ । सुदूरपश्चिमको राजधानी धनगढी बजारमा मोटरसाईकल, ईरिक्सा र चार पांग्रे सवारी साधन चलिरहेका छन् भने अधिकांस बजार बन्द रहेको छ । 

बुधबार बेलुकी भजनीबाट आईरहेको विवाहको गाडीमा मसुरिया र राजीपुरकोबीच जंगलमा आगो लगाई दिएको छ । म १ ख ४४१ नम्बरको विवाहको गाडिमा आगो लगाईएको हो । आज बिहान पहाडि जिल्लाबाट धनगढीतिर आईरहेका सार्वजनिक सवारी साधन रोकिरहेका विप्लव समूहका तीन जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ  । 

कैलालीका प्रहरी उपरीक्षक आभुषण तिम्सिनाले गोदावरी नजिकबाट तीन जना नियन्त्रणमा लिएको जानकारी दिए । उनले सवारी साधनलाई प्रहरीले स्कटीङ गरेर गन्तव्यमा पठाईरहेको बताए । तर धनगढीबाट चल्ने सार्वजनिक यातायात भने पूरै  बन्द छ । सुदूरपश्चिम यातायात, मालिका यातायात र कर्णाली यातायातले देशको पुर्वी र पहाडि क्षेत्रको यातायात बन्द भएको जनाएको छ ।  annapurnpost.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *