न हात रह्यो न श्रीमानको साथ रह्यो, बिमला विकको दर्दनाक अवस्था – भिडियो

यि हुन एक अभागि आमा…रामेछापकि बिमला बिक । सन्तान सहित सपरिवार भएर पनि बेसाहारा हुनु उनकाे ठुलाे बिडम्बना हाे । एउटा हात गुमाएकि, खुट्टामा चोट बोकेकि बिमला यतिबेला आफै उभिन समेत सक्दिनन् । उनकाे खुट्टाले पनि धोका दियो र त उनलाई उभिन पनि अरुकाे साहारा चाहिन्छ । यि त्यिनै बिमला हुन जो कुनैबेला आफ्ना सन्तान र घरपरिवारका लागि खेतबारी, मेलापात र आफ्नाे घर चलाउन जहिल्यै सक्रिय रहन्थिन ।

बिहे गरेकाे ३ महिना देखिनै उनका श्रिमानले कुटपिट र झगडा गर्न थाले। रक्सि खाने र घरमा श्रिमति कुट्न श्रिमानकाे दिन चर्या नै बनिसकेकाे थियाे । श्रिमानकाे त्याे ज्यादति सहदा सहदै उनका २ छाेरा समेत जन्मिसकेका थिए । २ छाेराकि आमा बनेकि बिमलामाथि उनका श्रिमानले गरिदिए अर्काे ज्यादति । त्याे ज्यादती थियाे सौता । श्रिमानसंग झगडा र पिटाई सहने बानि परिसकेकि बिमलालाई सौताकाे कचकच पनि सहन पर्ने भयाे । त्यति हुदाँ पनि ७ महिना त उनले सौतासंगै रहेर पनि त्यहि घरमा बस्ने आँट गरिन ।

त्यतिगर्दा पनि अाफुमाथिकाे हिंसा सहन नसकेर उनले आफ्ना छाेराहरुलाई लिएर छुट्टिन प्रस्ताव राखिन । तर श्रिमानले तँ जा जान्छस जाँदछाेराहरु लिन पाउन्नस भने । त्यसपछि मन ढुङ्गाे बनाएर घरबाट निस्किएकि बिमला चितवनकाे एउटा हाेटेलमा भाँडा माझ्न थालिन । जिन्दगी चलिरहेकै थियाे । एकदिन काम सकेर रुम जानेक्रममा अपरिचित कारले ठक्कर दिएर उनलाई घाईते बनाईदियाे सडकमा पछारिएकि उनलाई ट्रकले पनि किच्याे रे । यसपछि बहिनिकाे सहयाेगले बिमलाकाे ज्यान त बाच्याे तर अहिले हात छैन । दिदि अनु नभएकाे भए बिमला कुनै बेबारिसे कस्ताे बेवारिसे थिईन हाेला । दिदिले काठमाडौं ल्याएर उपचार गराईन । उनलाई न्याय दिलाउन कहिले भरतपुर महानगरपालीका, कहिले प्रहरी कार्यालय, कहिले गृह मन्त्रालय कहाँ कहाँ धाईनन र रिण गरेर भएपनि कतिसम्म खर्च गरिनन् ? कतैबाट सहयाेग नभएपछि यतिबेला उनि थाकेकाे र निरास बनेकाे बताउछिन । अनु र बिमला फरक फरक आमाबाट जन्मिएका थिए । आफ्नै घरिपरिवारबाट टाढा भएकि बिमलाका जिनदगीमा दिदि अनु भगवान बनेर आईन । अनु एक उदाहरणीय दिदि हुन जस्ले बिबाहित बहिनिकाे लागि यतिसम्म दुख गरिन, तन, मन र धन खर्च गरिन । बहिनीकाे न्यायकाे लागि महानगरपालीका पुगेकि अनुलाई मेयरलाई भेट्न ३ दिनसम्म धाउनुपर्याे । उनले रुदै भनिन न्याय खाेज्न गएकि आफुलाई महानगरले पनि तिन हजार पाँच सय रुपयाँ दिएर पठायाे ।

याे दर्दनाक पिडाले तपाईहरुलाई छाेयाे भने । बिमलाकाे उपचार र अनुलाई राहत पुगाेस भन्ने चाहानु हुन्छ भने तपाईहरुले पनि सकेकाे सहयाेग गरिदिन अनुराेध गर्दछौ। सहयाेगका लागि डिटेल स्क्रिनमा देखाएका छौ । तपाईहरु पनि सकेकाे सहयाेग गर्न चाहानुहुन्छ भने ९८४८५५०८८४ मा सम्पर्क गर्न सक्नु हुने छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *