चर्चमा भएका विस्फोटनमा जोगिए एक नेपाली

श्रीलङ्काका चर्च तथा होटलहरूमा भएको शृङ्खलाबद्ध विस्फोटनमा परी मृत्यु हुनेको संख्या २९० नाघेको त्यहाँका अधिकारीहरूले बताएका छन् । श्रीलङ्कन प्रहरीका अनुसार अहिलेसम्म २९० जनाको मृत्यु भइसकेको पुष्टि भएको छ भने यो संख्या अझै बढ्न सक्ने बताइएको छ । आक्रमणमा ५०० जना घाइते भएको र दर्जनौं विदेशीहरू मारिएको बताइएको छ ।

आइतबार बिहान श्रीलंकाको राजधानी कोलम्बोसहित विभिन्न शहरमा रहेका चर्च र होटलमा श्रृंखलाबद्ध विस्फोछन गराइएको थियो । कम्तीमा छवटा विस्फोटन भएका थिए भने त्यसपछि थप दुई स्थानमा पनि विस्फोटन गराइएको थियो ।यसैबीच उक्त विस्फोटबाट एक नेपाली बच्न सफल भएका छन् । श्रीलङ्काका लागि नेपाली दूतावासकी प्रथम सचिव धनकुमारी जोशी भन्नुहुन्छ, ‘यहाँ बस्ने नेपालीहरूले सामाजिक सञ्जाल फेसबुकको एउटा समूहमा आफूहरू सुरक्षित भएको जानकारी दिएका छन् ।’विस्फोटनबाट धेरैजसो चर्च ध्वस्त भएका छन् कतिपयको छाना उडाइएको छ । नागरिक त्रस्त अवस्थामा छन् ।

उक्त घटनामा संलग्न रहेको आरोपमा ८ जना संदिग्धलाई त्यहाँको प्रहरीले प्रकाउ गरिएको बताइएको छ । त्यहाँका रक्षामन्त्रीका अनुसार अधिकांश घटनाहरू आत्मघाती आक्रमण भएका र ती सबै एउटै समूहले गराएको हुन सक्ने देखिएको छ । तर घटनाको जिम्मा भने कसैले लिएको छैन । श्रीलङ्कामा बसोबास गर्ने नेपाली समुदायका सदस्यबारे अहिलेसम्म कुनै अप्रिय जानकारी नआएको र सबै सुरक्षित भएको हुन सक्ने श्रीलङ्काका लागि नेपाली राजदूत विश्वम्भर प्यार्कुयालले बताउनुभएको छ ।

You May Also Like


Leave a Reply

Your email address will not be published. Required fields are marked *