दिल्लीले दिएन सन्दीपलाई मौका

भारतमा जारी १२ औं संस्करणको इण्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा आज (सोमबार) दिल्ली क्यापिटल्सले राजस्थान रोयल्ससङ्ग प्रतिस्पर्धा गर्दैछ । दुबैको लागि महत्वपूर्ण मानिएको आजको खेलमा जयपुरस्थित सवाई मानसिंह स्टेडियममा दुबै टोलि राती ८:१५ बजे भिड्नेछन् । घरेलु टोलीविरुद्ध दिल्ली सातौं जित निकाल्ने लक्ष्यसहित मैदान उत्रने छ ।

तेस्रो स्थानको दिल्लीको १० खेलबाट १२ अंक रहेको छ । दिल्ली घरेलु टोलीलाई हराएर शीर्ष स्थानको चेन्नई सुपर किङ्ससंगको अंक बराबरी गर्न चाहन्छ । चेन्नईको १४ अंक रहेको छ । शिर्ष स्थानमा रहेको चेन्नेईले लगातार हार बेहोरी रहदा दिल्लीलाई भने अंक तालिकाको शिर्ष स्थानमा पुग्ने सुनौलो मौका समेत मिलेको छ । नेपाली क्रिकेटर सन्दीप लामिछाने सामेल भएको कारण पनि दिल्लीलाई नेपालीहरुले समर्थन गरिरहेका छन् । सन्दीपले लगातार दुइ सिजन दिल्लीबाट खेलिरहेका छन् ।

घरेलु मैदानमा राजस्थान चौंथो जितको खोजीमा हुनेछ । अघिल्ला ९ खेलमा ३ जित निकालेको राजस्थान ६ अंक जोडेर सातौं स्थानमा छ । शनिबार पन्जाबविरुद्ध उत्कृष्ट बलिङ गर्दै चर्चित बनेका नेपाली लेग स्पिनर सन्दीपलाई दिल्लीले राजस्थान विरुद्ध मैदान नउतार्ने भएको छ  । सन्दिपले पन्जाव विरुद्ध ४ ओभरमा ४४ रन खर्चेर ३ विकेट लिएका थिए । यद्धपि क्रिकबजले सन्दीपलाई सम्भावित ११ को सुचिमा राखेको थियो ।

You May Also Like


Leave a Reply

Your email address will not be published. Required fields are marked *