कृष्ण र रुपाले डष्टबिनमा फालिएको बच्चालाई छोरा बनाए – भिडियो

करेन्ट लागेर दुवै हात र खुट्टा गुमाएका कृष्ण वली पत्नी रुपा पुलामिको अनुहारमा धेरै सहयोगी मनहरुबाट सहयोग जुटेपछि खुशी देखिन थालेको छ । केही दिन अघि मात्र उपचार लागि भारत पुगेका दम्पती नेपाल फर्किएपछि नेपाल स्नेही काखमा पुगेका छन् ।

विगत २ महिना अगाडि पशुपतिको मन्दिर परिसरमा राखिएको डस्बिसन भित्र एक नाबालक भेटिएको थियोे , आज उनै बच्चालाई भेटेर काखमा लिँदै खुशी ब्यक्त गरेका छन् । उनिहरु कतारबाट नेपाली स्नेही काखको लागि आएको सहयोग रकम लिएर हस्तान्तरण गर्न पुगेका थिए । उदाहरणीय जाेडीकाे रूपमा सबैकाे मन जितेका रुपा र कृष्ण एकाएक सामाजिक संजाल र स)चारमाध्यममा भाइरल हुन पुगेका छन ।

करेन्ट लागेर हात र खुट्टा नै गुमाउनु परेकाे अवस्थामा पनि आफ्नो श्रीमानको लागि अहोरात्र खटेर उनको जिन्दगीलाई नै कायापलट गर्ने रुपालाई देश विदेशबाट धेरैले आदर्श नारिको रुपमा समेत बयान गरे ।

You May Also Like


Leave a Reply

Your email address will not be published. Required fields are marked *