काठमाडौंमा दुई पटक भूकम्पको धक्का

धादिङको नौबिसेलाई केन्द्रविन्दु बनाएर बुधबार विहानै भूकम्प गएको छ । भूकम्पको धक्का काठमाडौं उपत्यकामा समेत महसुस भएको छ । भूकम्प मापन केन्द्रकाअनुसार विहान ६ बजेर २९ मिनेटमा ५.२ रेक्टरको भूकम्प गएको हो । त्यसको ११ मिनेटपछि ४.३ रेक्टर स्केलको अर्को पराकम्प गएको छ ।

याे पनि : डडेल्धुराको अजयमेरु गाउँपालिका ६ मा जन्ती बोकेको जिप दुर्घटना हुँदा नौजना घाइते भएका छन्। महेन्द्रनगरबाट जन्ती बोकेर अजयमेरु गाउँपालिका-६ बलाना आइरहेको म १ ज ६४४ नम्बरको बलेरो जिप बलनामा दुर्घटना भएको हो। घाइते नौ मध्ये तीनजनाको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जानकारी दिएको छ।

प्रहरीका अनुसार मोडमा जिप ब्याक गर्ने बेला सडकबाट करिब ५० मिटर तल खसेको थियो। दुघर्टनाका घाइतेको डडेल्धुरा अस्पतालमा उपचार भइरहेको छ। दुलाहा दुलही भने अर्को वाडीमा सवार थिए।

 Posted in समाचार

You May Also Like


Leave a Reply

Your email address will not be published. Required fields are marked *