चीनको चर्चित रियालिटी शो मा पुगे नेपालका सुजन श्रेष्ठ – भिडियो

काठमाडौं – बिदेशमा हुने बिभिन्न रियालिटी शाेहरूमा समेत नेपालीहरूकाे सहभागिता बढ्दै गइरहेकाे छ । त्यस्तै चीनको रियालिटी शोमा एक नेपाली युवा पुगेका छन् । चीनको रियालिटी शो’भ्वाइस अफ चाइना’मा काठमाडौंका सुजन श्रेष्ठ पुगेका छन् । नेपाल बाहिर गएर यसरी प्रतिस्पैधामा सहभागिता जनाउनु निकै खुसिकाे खबर हाे भने संसारभर छरिएर रहेका नेपालीकाे लागि गर्व गर्ने कुरा पनि हाे ।

‘भ्वाइस अफ चाइना’ मा आफु सहभागि भएको कुरा श्रेष्ठले आफ्नो यूट्यूब च्यानलमा भिडियो राख्दै जानकारी गराएका हुन् । उनले नेपाली प्रतिस्पर्धीको नाताले ‘भ्वाइस अफ चाइना’ मा संघर्ष गरिरहेका छन् । जुन पछिल्लाे केही समय सामाजिक संजालमा चर्चाकाे बिषय समेत बनेकाे छ । सामाजिक संजालमा उनले गाएकाे गित निकै भाइरल बनिरहेकाे छ ।

उनले नेपाली दर्शकको साथ र सहयोगको लागि अपिल गरेका छन् । ‘सिल्क रोड ( वान बेल्ट वान रोड’ म्यूजिक कम्पिटिसनमा दोस्रो स्थान हासिल गर्न सफल भएका श्रेष्ठले अहिले’भ्वाइस अफ चाइना’ मा सहभागि भएका थिए । उक्त प्रतिस्पर्धामा ७२ देशले सहभागिता रहेको छ । उक्त प्रतिस्पर्धा नेपालका सुजनले प्रतिनिधित्व गरेका थिए । हेर्नुहोस् उनको प्रस्तुति

You May Also Like


Leave a Reply

Your email address will not be published. Required fields are marked *