प्रितम र आयुष ‘सारेगमप’ को टप ९ मा – भिडियो

नेपालका बालकद्वय प्रितम आचार्य र आयुष केसी भारतीय गायन रियालिटी कार्यक्रम ‘सारेगमप लिटिल च्याम्प’ को टप ९ मा प्रवेश गरेका छन् । भारतकाे चर्चित शाे मध्यकाे एक सारेगमपमा बेजाेड प्रस्तुति दिदै सबैकाे मन जित्न सफल भएका नेपालका प्रितम र आयुषले टप ९ मा आफ्नो स्थान सुरक्षित गरेका हुन् ।

टप ९ को लागि लगातार केहि हप्ता सम्म प्रतिस्पर्धा गराइएको थियो | त्यस अवधिमा उनीहरुले दिएको प्रस्तुतिका आधारमा जज जुरीजजबाट पाएको मूल्यांकनका आधारमा आइतबार राति भएको भारतीय गायन रियालिटी ‘सारेगमप लिटिल च्याम्प’ कार्यक्रममा दुवै टप ९ भित्र परेका हुन् । अडिसनमा नै अब्बल दर्जाको प्रस्तुति दिएका प्रितम र आयुष निकै चर्चामा समेत रहेका छन् |

जीटिभीबाट प्रसारण भएको गायन रियालिटी कार्यक्रम गएको फेब्रअरी ९ बाट सुरु भएको हो । यो वर्ष प्रितम आचार्य र आयुष केसीसहित नेपालबाट आठजना सहभागी भएका थिए । तर टप ९ सम्म पुग्दा २ नेपाली बल कलाकारले आफ्नो बलियो प्रभाव पर्दै सबैको नजर आफुतिर तानिरहेका छन् | टप ९ मा पुगेका दुवैले बिभिन्न समयमा चार्टबास्टर प्रस्तुति दिदै आएका छन्

You May Also Like


Leave a Reply

Your email address will not be published. Required fields are marked *