कामको लागि गएका नेपालीका आफन्तका लागी बिना भिसा कतार घुम्ने अवसर

कतारमा कामको लागि गएका नेपालीका आफन्तले बिना भिसा कतार जान पाउने भएका छन् । कतारमा कामको लागि गएका नेपालीका परिवार र साथीभाइलाई बिना भिसा कतार घुम्न पाउने अवसर पाउने कतारको राष्ट्रिय पर्यटन काउन्सिलले जनाएको छ । यो अवसर कतारको राष्ट्रिय पर्यटन काउन्सिलले ल्याएको हो । ‘समर इन कतार’ उत्सवका बेला कतारमा कामको लागि गएका नेपालीका आफन्तले बिना भिसा जान पाउने भएका हुन् ।

यो जून ४ देखि अगष्ट १६ सम्म चल्ने बताइएको छ । कतारमा बस्ने नेपालीका आफन्त र साथीभाइहरु बिना भिसा त्यहाँको हमाद अन्तर्राष्ट्रिय विमानस्थल हुँदै कतार प्रवेश गर्न पाउने ब्यबस्था रहेको गल्फ टाइम्सको समाचारमा उल्लेख गरिएको छ । यो उत्सव कतारको पर्यटन काउन्सिलले ३५ अन्य संघ संस्थासँग मिलेर आयोजना गर्ने भएको छ । mixkhabar.combata

You May Also Like


Leave a Reply

Your email address will not be published. Required fields are marked *