मुल्यवान करोडको गाडी मूल्यहिन बन्यो, घटनापछि उपप्रमुख मिडियामा – भिडीयो

अछाम : अछामको मंगलसेन नगरपालिकाको गाडीमा मंगलबार राति अज्ञात समुहले आगजनी गरेको छ । अछाममा घटेको यो अप्रिय घटना यतिबेला देशभर चर्चाको बिषय बनेको छ । मंगलसेन नगरपालिकाको हाताभित्रै रहेको गाडीमा आगजनी भएको थियो ।

नगरपालिकाको बा २ झ ३६९४ नम्बरको जिपमा राति २ बजेरतिर आगजनी भएको जिल्ला प्रहरी कार्यालय अछामका प्रहरी प्रमुख एवं प्रहरी नायब उपरीक्षक (डिएसपी) जनक बहादुर शाहीले जानकारी दिए। नगरपालिका कार्यालयमै राखिएको प्रमुख चढ्ने जिप करिब १ बर्ष अगाडी १ करोड २० लाखमा खरिद गरिएको थियो। डिएसपी शाहीले आगजनी गर्नेहरुको खोजिकार्य जारी रहेको बताउँँदै गाडी जलेर पुर्ण रुपमा नष्ट भैसक्यो बताएका छन्।

मंगलसेन बजारका स्थानीयले गाडिमा आगजनि भएको जानकारी प्रहरीले गराएपछि आफु स्वंयमा स्थलमा पुगेपछि गाडिमा लागेको आगो नियन्त्रणमा लिएको बताए। रातिको समयमा आगजनी गरिएकाले अहिलेसम्म पत्ता नलागेको समेत डिएसपी शाहीले जानकारी दिए।

त्यस्तै यसै बिषयमा हामीले मंगलसेन नगरपालिकाका उपप्रमुख सरिता उपाध्याय संग कुराकानी गरेका छौ । हेर्नुस यो भिडियो

You May Also Like


Leave a Reply

Your email address will not be published. Required fields are marked *