वालुवाटारको उक्साहट र जग्गा दलालीको रकमको झुसिलो डकार-राजेन्द्र कुंवर


राजेन्द्र कुंवर। केही समयदेखि साँघु पत्रिकाले कैलालीमा जग्गा दलाली गरी प्रेम आलेले थुपारेको पैसा तथा वालुवाटारको सहयोगकोमा सुदूरपश्चिम प्रदेशमा नेकपाको संगठन कमजोर बनाउने कुत्सित उद्देश्यका साथ प्रयोजित रुपमा मनपरी लेखिरहेको छ । यसको पछाडि सु.प. को अध्यक्ष हुनु अघि भीम रावलसंग म कुनै गुटबन्दी गर्दिन त्यहाँको पार्टीलाई बलियो बनाउन विधि, पद्धति र सहमतिबाट काम गर्छु भनी कसम खाएका तर अध्यक्ष भएको एक महिना पनि नबित्दै अब म नै सर्वेसर्व हुँ इञ्चार्ज, सहइञ्चार्ज केही पनि होइनन्, मेरो कुरामात्र सुन्नु’ भन्दै कार्यकर्ताको घरघरमा गएर गुटबन्दी गर्ने कर्ण थापा, पत्रकारिताबाट टाँट पल्टेकोले रकम जुटाइदिनुपर¥यो भनी सत्ता दलालहरुको दैलो चहार्ने कैलालीका दुईजना पत्रकार तथा ती पत्रकार र समाचार छाप्ने पत्रिकालाई पैसा दिने प्रेम आले रहेको तथ्य नेकपाका सु.प.मा क्रियाशील सदस्य तथा कार्यकर्ताहरुबीच आम चर्चाको विषय बनेको छ । त्यस्तै केही समय अघि भीम रावलले प्रधानमन्त्री सहभागी मुनको प्रशान्त क्षेत्रीय सम्मेन र होलि वाइन, भारतसंग हुनलागेको सैनिक गठबन्धन, सीके राउतलाई गरिएको राष्ट्रिय हिरोको व्यवहार र विदेशीहरुले सहजै नागरिकता पाउने गरी सरकारले गरेको परिपत्र (जुन अहिले सर्वोच्च अदालते रोकिसकेको छ) जस्ता राष्ट्रियतासंग सम्बन्धित विषयमा पार्टीको सिद्धान्त, मान्यता, निर्णय तथा नेपालको संविधान विपरीतका कामहरुको आलोचना गरेपछि रन्थिनिएर वालुवाटारमा कर्ण थापा र प्रेम आले समेतका व्यक्तिहरुलाई सु.प.मा भीम रावलको विरोध गर्नु भन्ने आदेश भए अनुरुप साँघु पत्रिकामा तथा सामाजिक संजालमा भीम रावलका विरुद्ध निजहरुले अभियान संचालन गरिरहेको कुरा पनि सार्वजनिक भइसकेको छ । यसै अभियानमा कृष्ण प्रसाद जैसीलाई सामेल गराउन वालुवाटार र धुम्बारही लिएर राजनीतिक नियुक्ति दिलाई दिन्छौ भीम रावलको विरोधमा लाग्नु¥यो भनी निजलाई अछाम पठाइएको र त्यही आशमा विगत नवौं महाधिवेशनमा माधव नेपालको प्यानलबाट केन्द्रीय सदस्यको उम्मेदवार भई हारेका कृष्ण प्रसाद जैसी लागेको कुरा अछामका सबै कार्यकर्ताहरुले थाहा पाइसकेका छन् ।

निज जैसीले पार्टी एकीकरणको बारेमा क्षेत्रीय कार्यदलले विभिन्न पदहरुमा नाम सिफारिश गर्दाका समयमा जिल्ला अध्यक्ष हुनुहोस् भनी भीम रावलले आग्रह गर्दा म जिल्ला अध्यक्ष हुन्न’ भीन ठाडो जबाफ दिएको तर विदेश भ्रमणबाट फर्केपछि कर्ण थापा तथा बालुवाटार र त्यस वरिपरि सत्ताको दलाली गर्नेहरुबाट राजनीतिक नियुक्तिको आश्वासन पाएपछि हठात् विभिन्न एफ्.एम्. बाट सार्वजनिक रुपमा र अछामका पार्टी कार्यकर्ताहरु माझ अब म अध्यक्ष हुन्छु’ भन्दै प्रचार गरेको तथ्य कार्यकर्ताहरुका माझ चर्चाको विषय बनेको छ । अहिले अध्यक्ष हुननपाएपछि निज विक्षिप्त जस्तै भएर जे मन लाग्यो त्यही पत्रिकामा छपाउने र सामाजिक संजालमा लेख्ने धन्दामा लागेको थाहा पाएपछि अछाम जिल्लाको नेकपा पंक्तिले रिोध गरेकाले निजले रन्थनिएर असन्तुलित रुपमा अभिव्यक्ति दिने गरेको भनी निजसंग कुरा गर्नेहरुले भन्ने गरेका छन् । पार्टीलाई केन्द्रीय सत्ता र सरकारको आडमा वैतडीका दामोदर भण्डारी इञ्चार्ज र कृष्ण प्रसाद जैसी सचिव रहेको मदन भण्डारी फाउण्डेशनको नाममा सु.प.मा समानान्तर कमिटी बनाएर पार्टी विभाजनको आधार सिर्जना गर्ने क्रियाकलाप गरिरहेको प्रति तत्कालिन एमाले र माओवादी केन्द्रका नेता र कार्यकर्ताहरुले आपत्ति प्रकट गरेपछि तथ्यमाथि पर्दा हाल्न सकिन्छ कि भनी पत्रिकामा प्रायोजिक समाचार छपाएर पार्टी पंक्तिको ध्यान अन्यत्र मोड्ने धन्दा चलाइएको छ । रतन थापाले शपथ ग्रहण नगर्दै जिल्ला पार्टी कार्यालयमा गएर दराज फोडी बैठक पुस्तिका निकालेको सन्दर्भमा भीम रावलले प्रदेश पार्टी कार्यालयमा स्थायी कमिटीका सदस्य लेखराज भट्ट जिल्ला सविच लाल बहादुर सोडारी, पूर्व जिल्ला कमिटी सदस्य दुर्गा जोशी, रण बहादुर चन्द र विमल जोशी समेतको उपस्थितिमा शपथ ग्रहण नै नगरी घर्रा फोडेर बैठक पुस्तिका निकाल्न किन हतारो प¥यो, यो राजनीतिक संस्कार पनि भएन, पार्टी अनुशासन र मर्यादा पनि भएन भनी ध्यान आकर्षण गराउँदा निजले आफ्नो गल्ती स्वीकार्दै सो कार्य कर्ण थापाको निर्देशनमा गरिएको तथ्य उल्लेख गरेको धनगढीमा व्यापक चर्चा छ । निजले भीम रावलको प्रतिवाद गरेको भन्ने हावादारी खवरले कुनै पात हल्लिनेवाला छैन ।


प्रदेश पार्टी कार्यालयमा सबै जिल्ला कमिटीका सदस्यहरुको शपथ गर्ने मिति तय गर्ने योजना अनुसार अछाम जिल्लामा वैशाख १७ गते गर्ने कुरा भएको थियो । तर केही कुरा मिलाउन बाँकि रहेकोले मिति नतोकिएपछि अछाम जिल्लामा कार्यकर्ता भेला गर्ने कुरा धनगढीबाट नै इञ्चार्ज, जिल्ला अध्यक्ष र सचिवको सल्लाहमा तय भएको थियो । भेलामा भीम रावलले गुटबन्दी, विग्रह, गलत आचरणप्रति सबै कार्यकर्तालाई सजग गराउँदा को तर्सन्छ भने त्यो निजको प्रवृत्ति होला । साँफेबगरमा पनि कार्यकर्ता भेला भयो र त्यहाँ पार्टी भित्र गुटबन्दी गर्दै कांग्रेसलाई बलियो बनाउने धन्दाको सबैले आलोचना गरेका हुन् त्यो स्वाभाविक हो । भीम रावलका नाता पर्नेले आलोचना गरे भनि लेखाउनेले मंलगसेनको कार्यक्रममा अधिकांश प्रदेश कमिटीका सदस्यहरुले वालुवाटारको सहमा अछाममा गुटबन्दी गर्दै भीम रा आयोगमा सदस्य हुँदा हामी आफै अलौकिक शक्ति बाट भएको हु सोच राख्नेले त्यस पछि हुन बाट कस्ले रोकेको थियोे ।वलको देशभक्तिपूर्ण अडानमाथि प्रहार गर्नेहरुलाई चेतावनी दिएका थिए, त्यो तथ्य पनि साँघुमा किन नलेखाएका होलान? एफ् एम् रेडियोका अन्तरवार्ताहरु युट्युवमा जोसुकैले जतिबेला पनि हेर्नसक्छ । भीम रावलले त्यस्ता रेडियोबाट अभिलेख मगाएर हेरेको भन्ने कुरा हास्यास्पदछ । जहाँसम्म प्रेम कुँवरको कुरा छ, निजले केही समय अघि काठमाण्डौमा बस्ने अर्को एकजनालाई साथमा लिई वयालपाटा र जयगढमा गएर ‘भीम रावलले हामीलाई के दियो’ भन्दै अनर्गल प्रचार गर्नथालेपछि त्यहाँका पार्टी सदस्य तथा कार्यकर्ताहरुले तपाई यस अघि कहाँ हुनुहुन्थ्यो तपाईलाई भीम रावलले नै खेलकुद परिषदमा कोषाध्यक्ष र योजना आयोगमा सदस्य बनाएको होइन तपाईले योजना आयोगमा सदस्य हुँदा हामी आफै अलौकिक शक्ति बाट भएको हु सोच राख्नेले त्यस पछि हुन बाट कस्ले रोकेको थियोे । पद प्रतिस्ठा प्रप्ती नभए पछि भीम रावलका विरुद्ध हुने सबै जालझेलमा सहभागी भै सहयोग गर्ने कार्यले कसैलाई फाइदा गर्दैन ।
उहा राजेन्द्र कुवर प्रेस संगठन नेपाल केन्द्रिय सदस्य समेत हुनुहुन्छ ।

You May Also Like


Leave a Reply

Your email address will not be published. Required fields are marked *