सुदुरपश्चिमलाई देशक‌ै नमुना प्रदेश बनाउछु -अक्कल रावल

काठमाडौँ, १० पुस :

प्रदेश ७  का सांसद अक्कल रावलले सुदुरपश्चिमलाई देशक‌ै नमुना प्रदेश बनाउने बताएका छन । बाम गठबन्धनका समर्थकहरुले आईतवार किर्तिपुरमा आयोजना गरेको बधाई तथा चियापान कार्यक्रममा प्रमुख अतिथिको आसनबाट बोल्दै रावलले सुदुरलाई हेर्ने केन्द्रको दृष्टि दूर रहेको भन्दै अब प्रदेश ७ मा आर्थिक क्रान्ति गर्ने बताए ।

आफुलाई विजय गराउने मतदातालाई धन्यवाद ब्यक्त गर्दै रावलले आगामी दिनमा अगाडि बढ्नका लागि आफ्नो क्षेत्रका राजनितिज्ञ,समाजसेवी लगायत सम्पुर्ण बौद्धिक ब्याक्तित्व हरु अन्तरक्रिया गर्दै योजना निर्माण गर्ने बताए साथै देश हाक्ने पालो बाम गठबन्धनको भएको भन्दै समग्र देशको स्तरोन्नति गर्दै समुन्नत बनाएर छोड्ने पनि बताए ।

अछामका जनताले कहिले उज्यालोमा बस्न पाउछन् भन्ने एक सहभागीको प्रश्नमा उनले अबको ५ बर्षपछि अछामबाट उठ्ने सवालहरुबाट बिजुलीको सवाल नउठ्ने र पुरै अछाममा बिधुत बिस्तार गर्ने प्रतिबद्धता जनाउनु भयो । कार्यक्रममा राजनितीज्ञ, समाजसेवी र सुदुरपश्चिम घर भई काठमाडौंमा अभ्यन गरिरहेका बिध्यार्थीहरुको उपस्थिति रहेको थियो । कार्यक्रमको अध्यक्षतामा तथा संचालन ललित बिष्टले गर्नु भएको थियो ।

भिडियो 

 


Leave a Reply

Your email address will not be published. Required fields are marked *