नेपालमा भित्रियो चीनको इन्टरनेट, भारतलाई ठुलो आर्थिक धक्का

काठमाडौँ, २६ पुस, २०७४:  नेपालको स्थलमार्गबाट हुने दूरसञ्चारको अन्तर्राष्ट्रिय आबद्धतामा भारतीय एकाधिकार तोडिने भएको छ । यो विषयलाई आज नयाँ पत्रिका दैनिकले लेखेको छ ।‘

चीनतर्फको पनि इन्टरनेट नेपालमा’ शीर्षक दिएर नयाँ पत्रिकाले लेखेको छ, ‘नेपालले चीन हुँदै विश्वबजारको दूरसञ्चार नेटवर्कमा आबद्ध हुने बाटो खुलेसँगै भारतीय एकाधिकार तोडिने भएको छ।

विश्वव्यापी दूरसञ्चार नेटवर्कमा आबद्धताका लागि स्याटेलाइट र केबल गरी दुईवटा माध्यम छन् । हाल नेपालले दूरसञ्चारमा अन्तर्राष्ट्रिय आबद्धताका लागि एकभन्दा बढी मुलुकको स्याटेलाइट प्रयोग गरे पनि स्थलगत आबद्धता भने भारतबाट मात्रै हुँदै आएको छ ।

चीनसँग अप्टिकल फाइबरमार्फत जोडिएसँगै अब नेपालले भारतबाहेक चीनको बाटो हुँदै विश्व दूरसञ्चार सञ्जालमा जोडिने

अनलाइनखबरमा समाचार छ ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *