पलको यति खेर चर्को आलोचना

अमेरिकी यु-ट्युबर लोगन पल यति खेर अमेरिकाका धेरै सेलिब्रेटीको अनि जापनिस नागरिक र यु-ट्युबरको चर्को आलोचना खेपी रहेका छन् | फेस-बुकमा भाइन भिडियोहरुको प्रचलन भएका बेला चर्चा बटुल्न सफल पलको आफ्नै यु-ट्युब च्यानल पनि छ | उनले त्यस पश्चात मोडेलिङ्ग पनि गरेका छन् | यु-ट्युब उनका करिब ३७ मिल्लियन फोल्लोवेर्स छन् |
खास कुरा के हो भनी उनि हालै आफ्नो यु-ट्युब भ्लगका लागि भिडियो बनाउन जापान गए | उनले यस्ता धेरै भिडियो बनाए जहाँ उनि जपनिसहरुको खिल्ली उडाउदै गरेको नजर आउछन | यति सम्म कि’ उनि एक शान्त मन्दिरमा पनि हो-हल्ला र अभद्र व्यवहार गर्छन | यति मात्र कहाँ होर, उनका गाइडले पलका तर्फबाट माफ पनि मागेको देखिन्छ – धेरै भिडियोमा त |
एक जापानी यु-ट्युबर म्यान युटाले यस्तो एक भिडियो जहाँ उनले जपनिसहरुलाइ लोगनले कति सम्म खिल्ली उडाए भनेर तुलना गरेका छन् | उनले भनेका छन्, लोगनले यति सम्म निच व्यवहार गरे उनलाई धेरै ठाउँबाट र जपनिस रेस्तुराण्टबाट बाहिर लान पनि आग्रह गरियो |
यति मात्र हैन, उनलाई आलोचना गरेको बिशेष कारण त अर्कै छ, उनले एक यस्तो भिडियो बनाए कि – सायद धेरै मान्छेले हेर्न पनि सक्दैनन् | उनले उनको भ्लगका लागि जापानको एक जंगल रोज्छन – सुसाइड फोरेस्ट – जहाँ जपनिसहरु गएर आत्माहत्या गर्ने गर्दछन | लोगनले यस्तो भिडियो खिच्छन कि जसमा एक व्यक्तिले भर्खरै झुण्डिएर आत्माहत्या गरेको हुन्छन् | उनि नजिक जान्छन र मजाक उडाउदै वरी-परि घुम्छन | उनले त्यति मात्र हैन कि उनले त्यो व्यक्तिका बारेमा धेरै खिल्ली पनि उडाउछन्, उनले त्यो पुरै भिडियो पोस्ट पनि गर्छन र त्यो सिनमा हासेको र मजाक उडाएको हेर्न सकिन्छ |
उनले चर्को आलोचना पाउन थाले पछि त्यो भिडियो हटाए पनि, विभिन्न च्यानलले डाउनलोड गरेर फेरी अपलोड गरेका छन् | उनले एक मात्र नभएर धेरै जपनिसहरुलाइ मन दुख्ने र मजाक उडाएका कारण, उनीहरुले  यु-ट्युबबाट लोगनलाइ ब्याण्ड गरिनु पर्छ भनेर माग गरिरहेका छन् | यु-ट्युबमा अहिले दजनौ भिडियोमा लोगनको आलोचन गरेको हेर्न सकिन्छ |

 


Leave a Reply

Your email address will not be published. Required fields are marked *