गजल
– ईश्वर दाहाल
जो जो पेट्रोल भएर हिड्छन तिनका लागि
सलाई भैदिउझै लाग्छ एकछिनका लागि
पखेटाको सहाराले उडिरहेथ्यो आकासमा
अन्त्यमा खुट्टानै चाहिएछ जमिनका लागि
ए समय मलाइ येस्तो खुशी बारम्बार नपठा
चिट्ठी पठाएजस्तो गरि दृस्टीबिहिनका लागि
आफ्नो पहिचान काएम राख्न काफी भैदिन्छ
अध्यारो को एउटा दुस्मनी लाल्टिनका लागि
कोहि घामसङ अजम्बरी प्यार गर्न लगाउछ
मलाई दिएर बरफको मन केही दिनका लागि