डान्स इंडिया डान्समा गुन्जियो नेपाली भाषा, हरेक नेपालीले हेर्नु पर्ने भिडियो

काठमाडौँ, २३ माघ, २०७४:   भारतकै चर्चित रियालिटी सो डान्स इंडिया डान्समा एक नेपालीले तहल्का पिटिरहेका छन् । अडिसन राउण्डबाटै जजहरुको नजरमा परेका नेपालका सुजन मार्पा तामाङले दिन प्रतिदिन राम्रो प्रस्तुति प्रदर्शन गरिरहेका छन् ।

डान्स इंडिया डान्स (डीआइडी) ६ मा नेपालको नाम सुनिदा कुन नेपालीको मन खुसि नहोला र ? त्यसैमा खुसीको क्षण के भएको छ भने भरखरैको  एउटा एपिसोडमा नेपालबाट सुजनकि आमा रमाया मार्पालाई डीआइडीमा बोलईएको थियो । उक्त एपिसोडमा हिन्दीमा गरिएको प्रश्नको जवाफ रमायाले नेपालीमा दिएकी थिइन् ।

डीआइडी जस्तो चर्चित सो मा नेपालको प्रतिस्प्रधी हुनु र नेपाली भाषा गुन्जिनु हरेक नेपालीको लागि गर्वको कुरा हो। धेरै नेपालीले अक्सर यस्तो कार्यक्रममा हिन्दीमै बोल्ने गरेको हामीले देखेका छौ तर पनि रमाया मार्पाले सच्चा नेपाली हुनुको नाताले  आफ्नो कर्तब्य निभाएकी छन् ।

हेनुस भिडियो 


Leave a Reply

Your email address will not be published. Required fields are marked *