राष्ट्रिय फुटबल टिमका पुर्ब कप्तान बिष्ट र ओलम्पियन तेक्वान्दो खेलाडी खड्का सम्मानित

मलेसिया ८ फागुन । प्रजातन्त्र दिवसको अवसर पारेर ओलम्पियन तेक्वान्दो खेलाडी दिपक बिष्ट नेपाली राष्ट्रिय फुटबल टिमका पुर्ब कप्तान हरि खड्कालाई आईतबार मलेसियाको राजधानी क्वालालम्पुरमा नेपाली प्रवासी सितोरियो कराते संघ र नेपाली सुदुर पश्चिम सेवा समाज मलेसियाले संयुक्त रुपमा एक कार्यक्रम आयोजना गर्दै सम्मान गरेको छ ।

उक्त सम्मान तथा शुभकामना कार्यक्रममा नेपाली सुदुर पश्चिम समाजका बरिस्ठ उपाध्यक्ष समीर मल्ल र कराते संघका अध्यक्ष योगेन्द्र कोइराला, दुवैको जनाको सभापतित्वमा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि NRNA मलेसियाका उपाध्यक्ष टेक बहादुर धिक्त हुनुहुन्थ्यो भने विशिष्ट अतिथि सुदुर पश्चिम सेवा समाज मलेसियाका बरिष्ठ सल्लाहकार टेक बुढा, हुनुहुन्थ्यो त्यस्तै अथितिहरु NRNA मलेसियाका कोषध्यक्ष राजु शर्मा , ए याफ सि का प्रतिनिधि पुरस्वतम कट्टेल, नेपाली प्रवासी सितोरियो कराते संघका सह-सचीव भिम बहादुर महर, अन्तर्राष्ट्रिय कराते खेलाडी तुलाराम धामी, पुर्ब भलिबल खेलाडी केवल राई , तेक्वान्दो सिनियर कोच केशव भट्ट, लगायत रहेका थिए ।

कार्यक्रममा सम्मान गहर्ण गर्दै पुर्व राष्ट्रिय फुटबल टिमका कप्तान हरि खड्काले मलेसियामा रोजगारीको शिलशिला आएर पनि संघ-संस्थाहरुले खेल क्षेत्रमा लागेका खेलाडी लाई सम्मान गरेको मा खुसी व्यक्त गर्दै धन्यवाद दिएका थिए । त्यसै गरि ओलम्पियन तेक्वान्दो खेलाडी दिपक बिष्टले पनि समाजिक सस्था र NRNA सस्थाले प्रवासमा रहेको खेलाडीहरुलाइ सहयोग गर्नु पर्नेमा सुझाब दिदै कामको शिलशिलाम आएर पनि आफ्नो कामलाइ थाती राखेर इन्डोनेशिया, सिङापुर, थाइल्यान्ड साथै अन्य देशमा पुगेर खेलाडीहरुले अन्तर्राष्ट्रिय पदक प्राप्त गर्नु हाम्रो लागि ठुलो उपलब्धि रहेको हो भन्दै सबै सामाजिक सस्थाहरुले प्रदेशमा रहेको खेलकुद संघलाइ सबैले सहयोग गर्नु पर्ने उल्लेख गर्नु भएको थियो ।

कार्यक्रममा NRNA,मलेशियाका कोषाध्यक्ष राजु शर्माले मलेसियामा बसेर देशको निमित्त खेलकुदबाट पदक हासिल गर्ने खेलाडी तथा संघलाई NRNA मलेशियाले जहिले पनि सहयोग गर्ने आफ्नो प्रतिबद्ध ब्यक्त गर्नु भयो। थप प्रगति का लागि सहयोग सल्लाह र सहकार्य अपरिहार्य रहेको औल्याउँदै कराते संघका मलेशिया का अध्यक्ष योगेन्द्र कोइराला सुदुरपश्चिम सेवा मलेसियाका उपाध्यक्ष समिर मल्ल लगायतले सम्बोधन गरेका थिए । कार्यक्रममा उग्रतारा रेस्टुरेन्टको सभा हलमा सम्पन्न भएको थियो ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *