स्थानीय उत्पादनसँगै पर्यटन प्रवद्र्धनको लागि अछाम महोत्सव

एकेन्द्र महता, अछाम । अछाम उद्योग वाणिज्य संघले पहिलो पटक प्रथम अछाम महोत्सवको आयोजना गरेको छ । स्थानीय उत्पादन, कला संस्कृति तथा पर्यटन प्रवद्र्धनका लागि अछाम महोत्सव” भन्ने मुल आधार भन्ने मूल नाराका साथ फागुन २ गतेबाट सुरु भएको महोत्सव १० गते सम्पन्न हुनेछ । जिल्लामा उत्पादित बस्तुको वजारिकरण गर्ने महोत्सव उद्देश्य रहेको अछाम उद्योग वाणिज्य संघले जनाएको छ । यहाँको कृषि, जडिबुटी तथा हस्तकलाका उत्पादनलाई व्यवसायीकरण गर्नु महोत्सवको उद्देश्य रहेको उद्योग वाणिज्य संघका महासचिव बम बहादुर रावलले जानकारी दिनुभयो ।

महोत्सवमा राखिएका खुकुरी, तरबार, अल्लबाट उत्पादन भएको कपडा, एउटै बोटमा ५ सय वटा फलेको खुर्सानी लगायतका उत्पादन महोत्सवका मुख्य आकर्षण रहेको उद्योग वाणिज्य संघका महासचिव रावलले जानकारी दिनुभयो । महोत्सवमा अछामको वुढीगंगाका माछा पनि दर्शकले रुचाएका छन् । महोत्सव आर्थिक कारोवार राम्रो भएको एक जना व्यवसायी हेमराज कुँवर महोत्सवबाट दैनिक रुमा भएको आम्दानी प्रति खुसी देखिन्छन् । मेला महोत्सवले व्यापार व्यवसाय प्रर्वद्धन हुने गरेका उनको भनाई छ । यस्तै महोत्सवले अछामका पर्यटकीय स्थलहरु खप्तड, चार धाममध्येक एक धाम वैजनाथ धाम, रामारोशन, कालेकाँडाको चिलतडा, विनायकको पञ्चदेवल, जिमराडी लगायत क्षेत्रको प्रचारप्रसामा टेवा पुग्ने अछाम उद्योग वाणिज्य संघको आर्थिक समितिका संयोजक हिक्मत कुँवरले जानकारी दिए । उनले प्रचारप्रसारको अभावमा ओझेलमा परेका पर्यटकीय दृष्टिले महत्वपूर्ण क्षेत्रको राष्ट्रिय तथा अन्र्तराष्ट्रिय स्तरमा प्रचार गर्दै आन्तरिक तथा वाह्रय पर्यटकहरुलाई भित्र्याउने महोत्सवको उद्देश्य रहको छ ।

काठमाडौं भन्दा धेरै पर रहेको पर्यटनको सम्भावना रहेको अछाममा राज्यको ध्यान पनि गएन ।” महासचिव रावले भने–“महोत्सवका माध्यमबाट राज्यको ध्यान आकर्षण गर्न लक्ष्य रहेको छ ।” जिल्लाका प्रमुख पर्यटकिय महत्वका क्षेत्रहरु खप्तड तथा रामारोशनमा विभिन्न प्रजातिका जटिबुटी, फूल बनस्पतीको वारेमा पनि जानकारी गराउनु पनि महोत्सवले टेवा पुग्ने अध्यक्ष कडायतको भनाई रहेको छ । महोत्सव समाप्त भएपछि यहाँका पर्यटन क्षेत्रको विकासको लागि ठोस कार्ययोजना बनाई अघि बढ्ने योजना रहेको अछाम उद्योग वाणिज्य संघका अध्यक्ष महेन्द्र कडायतले जानकारी दिए । उनले भने रामारोशनमा होम होम स्टे सञ्चालन देखि यहाँका पर्यटकिय स्थलहरुमा महोत्सवबाट संकलन भएको रकम लगानि गरिनेछ । अछाम पर्यटकीय सम्भावनाका वोकेको क्षेत्र हो ।” उनले भने– “नेपाल घुम्न आउने मध्ये पर्यटक न्यून मात्रै यस क्षेत्रमा पुग्छन् ।” महोत्सवले यहाँका पर्यटकिय क्षेत्रको प्रचार प्रसारको लागि माध्यम बन्ने अध्यक्ष कडायतको अपेक्षा रहेको छ । अछामका कला संस्कृति पनि महोत्सवमा मुख्य आकर्षणका केन्द्र विन्दु रहेको सांस्कृति संयोजक कृष्ण बहादुर कुवरले जानकारी दिनुभयो ।

महोत्वसमा दर्शकले अछामका लोक संस्कृति होली, पुतला, भुवोनाँच, हुड्के नाँच, न्याउले खेल, देउडाले पनि आन्तरिक तथा वाह्रय पर्यटकहरुलाई अछाममा भित्र्याउन मद्दत पुग्ने संयोजक कुँवरले जानकारी दिए । १० गतेसम्म सञ्चालन हुने महोत्वसमा विभिन्न घरेलु तथा व्यवसायीक एक सय बढि स्टल रहेको उद्योग वाणिज्य संघले जानकारी दिएको छ । ५० हजार भन्दा बढी दर्शकले महोत्सव अवलोकन गर्ने तथा १ करोड बराबरको कारोबार गर्ने लक्ष्य उद्योग वाणिज्य संघले लिएको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *