दुईवटा टाउको भएको अनौठो शिशुको जन्म

ओखलढुंगा: ओखलढुंगामा एक महिलाले अनौठो अवस्थाको बच्चा जन्माएकी छिन् । मानेभन्ज्याङ गाउँपालिका ४, केत्तुके निवासी विपना गुरुङले अनौठो शिशु छोरीलाई जन्म दिएकी हुन् । २९ बर्षीया विपना र लक्ष्मण गुरुङको पहिलो सन्तानको रुपमा जन्मिएको शिशुको दुईवटा टाउको जस्तै आकार देखिन्छ । नवजात शिशुको टाउकोको दायाँतर्फको भाग निकै ठूलो छ ।

२ किलो ७ सय ग्राम जन्मिएको शिशुको एउटा आँखा, नाक र मुख समेत प्रष्ट देखिदैन । शिशुको हात,खुट्टा तथा शरीरका अन्य अंगहरु भने सामान्य छ । अहिले आमाको स्वास्थ्य अवस्था समेत सामान्य रहेको र आमा एवं शिशुको ओखलढुंगा सदरमुकामस्थित सामुदायिक अस्पतालमा उपचार भइरहेको छ । शिशुलाई इन्कुभेटरमा राखेर पाईप मार्फत आमाको दुध ख्वाएर राखिएको छ । शिशुको अवस्थालाई हेर्दा चिकित्सकहरुले आमाको पेटभित्रै ट्यूमर भएको अनुमान गरेका छन् ।

शिशुलाई केही दिन बढ्न दिएर थप उपचारका लागि काठमाडौं पठाईने अस्पतालका एमडीजीपी चिकित्सक सञ्जय पोखरेलले बताउनुभयो बताउनुभयो । डा. पोख्ररेलका अनुसार बच्चाकी आमाको सिटिस्क्यान पछि ट्यूमर हो होइन भन्ने पत्ता लाग्नेछ । यदि ट्यूमर हो भने बाल विशेषज्ञ सर्जनहरु मार्फत शल्यक्रिया गर्न सकिने डाक्टर पोखरेलको भनाई छ ।

चिकित्सकका अनुसार यसलाई जन्मजात शारीरिक अपाङगता भनिन्छ । यस्तो शिशु जन्मिनुमा बिशेषगरी ढिलो उमेरमा बच्चा जन्माउनु, हाडनाताको सम्बन्ध, गर्भावस्थामा जथाभावी औषधिको प्रयोग र गर्भावस्थामा भिटामिनको कमी हुनु रहेको चिकित्सकहरुले बताउने गरेका छन् ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *