‘समय’ ल्याएर आइन नेपाल आइडलकी सन्ध्या जोशी (भिडियो)

काठमाण्डौ : विश्व चर्चित टेलिभिजन फ्रेन्चाइज आइडलको नेपाली संस्करण नेपाल आइडलको पहिलो संस्करण पोखराका बुद्ध लामाले जिते। निशान भट्टराई र प्रताप दास क्रमश दोश्रो र तेस्रो भए। अहिले नेपाल आइडलका ति टप ३ प्रतियोगीहरू देश तथा विदेशको विभिन्न कार्यक्रममा व्यस्त छन्। टप ३ प्रतियोगीहरू मात्र हैन अन्य प्रतियोगीहरू पनि नयाँ गीत सार्वजनिक र कार्यक्रमहरूमा व्यस्त छन्।

यसैबीच नेपाल आइडलको टप ९ बाट बाहिरिएकी सन्ध्या जोशीले पहिलो गीत सार्वजनिक गरेकी छिन्। ‘समय’ बोलको उक्त गीतको शब्द सन्ध्या आफैले लेखेकी छन्। उक्त गीतमा सन्ध्या र सुरज जोशीको शब्द छ। गीतको म्युजिक भिडियोमा सन्ध्या आफैले अभिनय समेत गरेकी छिन्।

औपचारिक रुपमा कसैसँग पनि सङ्गीत नसिकेकी धनगढीकी २३ वर्षीया सन्ध्याले सानैदेखि टिभी र एफएम सुनेर गीत गाउन थालेकी थिइन्। नेपाल आइडलमा काठमाडौँबाट अडिसन दिएकी सन्ध्या त्रिवि चिकित्सा शास्त्र अध्ययन संस्थान (आइओएम) मा जनस्वास्थ्य (पब्लिक हेल्थ) चौथो वर्षमा अध्ययनरत छिन्।

भिडियो 


Leave a Reply

Your email address will not be published. Required fields are marked *