नोर्थ क्यारोलिनाको सार्लोट शहरमा भब्य कार्यक्रम हुदै, साथमा “माया गर्छु”को बिमोचन

BCAC Fundraising Cultural Event

भुटानिस कम्युनिटी एशोसिएसन अफ सार्लोटले यहि आउदो मिति अक्टोबर २१का दिन भब्य कार्यक्रम गर्ने तयारी गर्दै छ| कार्यक्रम सामाजिक रुममा नेपाली कक्षा संचालनका लागि सहयोग, बृद्दहरुका लागि विशेष सहयोग र कराते कक्षालाई आर्थिक सहयोग संकलनको हेतुले आयोजना गरिएको हो| कार्यक्रमको मूल नारा – “हुइ स्टाण्ड स्ट्रोंग्रर टुगेदर” छ – जसको नेपाली अर्थ, एक भएमा हामी दरोसँग उभिन सक्छौ वा मजबुत हुन्छौ भन्ने लाग्छ | कार्यक्रममा विल्सन बिक्रम राई, महेश थुलुङ्ग, अथर्भ ब्याण्ड र अन्य कलाकारको प्रस्तुति रहने अध्यक्ष हस्त प्रधानले जनाउनु भयो|

उक्त कार्यक्रममा रिदम स्क्रीन क्रिएसनका कमल राईको स्वर, संगीत अनि छायांकनमा रहेको यो म्युजिक भिडियो सार्बजनिक गरिदै छ| उक्त म्युजिक भिडियोमा देव शर्मा अनि सुनीषा क्षेत्रिले अभिनय गरेका छन्| कार्यक्रमको तयारीमा चार्लोट नेपाली समाज निकै मज्जाले जुटेको, युवाको सहयोग, मिडियाको र अन्य ठाउँबाट पनि राम्रो सहयोग आइरहेको अध्यक्ष प्रधानले हामीलाई जनाउनु भयो|

Kamal Rai’s Maya Garchu..

Leave a Reply

Your email address will not be published. Required fields are marked *