खुसि साट्न घर पुगेका रविलाई दैबले रुवायो, करेन्ट लागेर आमाको मृत्यु

कंचनपुर । नेपाल आइडल जितेर गृह प्रदेशमा खुशीयाली मनाइरहेका रवि ओडमाथी ठुलो बर्जपात परेको छ । दोस्रो नेपाल आइडल विजेता रविलाई मातृ शोक परेको छ । आज (बुधबार) बिहान करिब ७ः३० रविकी आमा ४५ वर्षीया विस्नाको घरमै करेन्ट लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

बिहान घरमा पानी तान्ने मोटर चलाउदा एक्कासी करेन्ट लागेर बेहास भएकी बिस्नालाई उपचारका लागि अस्पताल लैजादै गर्दा मृत्यु भएको परिवारजनले जनाएको छ । उनको शव अहिले सेती अंचल अस्पतालमा राखिएको छ । पारिवारीक स्रोतका अनुसार आजै अन्तिम दाह संस्कार गरिने छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *