हिन्दि चलचित्रका महान हस्ती कादर खानको निधन

हिन्दि चलचित्र क्षेत्र बलिउडले एक महान हस्तीलाई गुमाएको छ । हरेक चलचत्रिमा बलिउडका अभिनेता एवं हास्यकलाकार कादर खानको निधन भएको छ ।कादर खानलाई प्रोग्रेसिभ सुप्रान्यूक्लियर पाल्सी (पीएसपी) डिसअर्डर नामक रोग लागेको थियो । केहि समय अघि देखि बिरामी भएर अस्पतालमा भर्ना भएका कादर खानको क्यानडामा निधन भएको हो ।

८१ वर्षीय खान २२ अक्टुबर १९३७ मा काबुलमा जन्मिएका थिए । कादर खानले ३०० भन्दा बढी चलचित्रमा अभिनय गरेका थिए। कादर खानले सन् १९७३ मा फिल्म ‘दाग’ मार्फत बलिउड डेब्यू गरेका थिए । प्राय हास्यकलामा पोख्त देखिने खानले एकसमय हास्यव्यंग्यमा एकलौटी राज जमाएका थिए ।

‘बाप नम्बरी बेटा दश नम्बरी, अंगार, हिम्मतवाला, सिक्का, आँखे, मे खिलाडी तु अनाडी, कुली नं १, साजन चले ससुराल, दुल्हे राजा लगातका चर्चित फिल्ममा काम गरिसकेका खानले हिन्दी र उर्दु गरी २५० फिल्मको डायलग पनि लेखेका छन् ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *