अधिवेशन माग राख्दै नेविसंघले घेर्‍यो पार्टी कार्यालय

लामाे समयदेखि अधिवेशनकाृ बिषयमा आवाज उठाउदै आएको  नेपाल विद्यार्थी संघले १२औं अधिवेशन माग राख्दै पार्टी कार्यालय घेराउ गरेको छ । ११औं महाधिवेशनमा चयन भएको कार्यकालको म्याद सकिएको ६ महिना पुग्नै लाग्दा १२ औं महाधिवेशनको टुंगो नलागेपछि विद्यार्थीले पार्टी कार्यालय घेराउ गरेका छन् ।

नेपाली कांग्रेसले बिहीबार १२ बजेका लागि केन्द्रीय कार्यसमितिको बैठक बोलाएको छ । पशुपति क्याम्पस, त्रिचन्द्र क्याम्पस, त्रिवि कीर्तिपुर केन्द्रीय क्याम्पस, शंकरदेव, वाल्मीकि, पाटन संयुक्त क्याम्पसबाट मोटरसाइकल र्‍यालीसहित ठूलो संख्यामा उपस्थित विद्यार्थीले केन्द्रीय कार्यसमिति बैठक सुरु हुनुअगाडि पार्टी कार्यालय घेराउ गरिरहेका छन् ।

नेपाल विद्यार्थी संघका पूर्व केन्द्रीय सदस्य मोतीलाल भण्डारीका अनुसार संघको वर्तमान कार्यसमितिले तोकिएको समयमा १२ औ महाधिवेशन गर्न नसकेकाले उक्त कमिटीलाई तत्काल भंग गर्नुपर्ने, महाधिवेशन गर्न नयाँ तदर्थ समिति गठन गर्नुपर्ने र १२औं महाधिवेशन मिति तोक्नुपर्नेलगायतका विषयमा पार्टी केन्द्रीय कमिटीलाई दबाब दिन पार्टी कार्यालय घेराउ गरेको बताए ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *