जापानमा नेपाल आइडल रविलाई भव्य सम्मान

766 Shares

नेपाल आइडल सिजन–२ का विजेता रवि ओड सहित टप ६ को टोली अहिले अष्ट्रेलिया भ्रमणमा छन् । अष्ट्रेलियाका विभिन्न सहरमा हुने कर्यक्रममा सहभागिता जनाएका उनीहरुलाई अष्ट्रेलियामा रहेका नेपाली संगीतप्रेमीले भव्य स्वागत गर्नुका साथै सम्मान समेत गरेका छन् । उनीहरु त्यहाँका विभिन्न शहरमा अष्ट्रेलियामा बस्दै आएका नेपालीसँग रमाइरहेका छन् ।

रवि आइडल घोषित भएपछि दैनिकी निकै फेरिएको छ । कामको चापले उनी फूर्सद नै निकाल्न पाएका छैनन् । तर, अष्ट्रेलियामा भने आफूलाई व्यस्त राख्दै रमाइरहेका पनि छन् । रविसँगै आइडलका अन्य प्रतिस्पर्धी पनि रविसँगै अष्ट्रेलियामा छन् । त्यहाँ उनीहरु घुमघामसँगै कार्यक्रममा व्यस्त छन् । नेपाल आइडलको स्टेजमा आएका सामान्य प्रतिभाहरु एकाएक कोहिला बाट कोहिनुर बनेका छन् । कुनै समय सामान्य जनजीवन र परिवेश रहेका उनीहरु बेपल आइडलमा आए संगै चर्चाको पात्र बन्नुका साथै देश बिदेशमा रहेका लाखौ नेपाली गीत संगीतप्रेमीहरुका प्रिय पात्र सम्मत बन्न सफल भएका छन् । यतिबेला समजिक संजालमा मात्रै नभएर राष्ट्रिय बिभिन्न संचार मध्यममा समेत उनीहरुको बिषयमा विभिन्न सामग्री प्रकाशी प्रशारित भैरहेका छन् ।

नेपाल आइडल सिजन १ र सिजन २ सम्पन्न भई सकेको छ भने अब तेश्रो सिजनको तयारीमा रहेको छ नेपाल आइडल आयोजक टिम। नेपाल आइडल सिजन १ का बिजेता बुद्ध लामा भएका थिए भने दोश्रो नेपाल आइडल सिजनका बिजेता रवी ओड बनेका छन। अहिले नेपाल आइडलको टोलि विश्व भ्रमणमा रहेका छन। यस अघि जापानको सांगीतिक यात्रा सम्पन्न गरि सकेका नेपाल आइडलको टिम अब अस्ट्रेलिया पछी अन्य देशमा जाने छन। जापानका ब्भिन्न सहरमा आफ्नो जोडदार प्रस्तिती दिदै जापानमा रहेका नेपालीको मन जितेका उनीहरु अष्ट्रेलियामा पनि सम्मानित भैरहेका छन् भने आफ्नो प्रस्तुतिबाट सबैलाई झुमाइरहेका छन् ।

766 Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *