पानी किन चल्दैन ? -नरेश महरा

489 Shares

सीप चल्छ
अस्मिता लुट्नकाे लागि राम्री राम्री छोरी चल्छ
पसिना रगत बगाएर कमाएको पैसा हातमा थुक लगाउदै गन्ती गरेको पैसा चल्छ ।
मन्दिरमा माथी शिरमा गजुर,त्रिशुल, मन्दिर भित्र मुर्ती कामी ले नै आरमा पलाम जलाएर बनाएर तातो पानीमा चोपेर बनाएको चल्छ ।
पंधेरा बाट पानी भरी ल्याउने तामाको गाग्री दलितले नै बनाएको चल्छ तर दलितले छोएको पानी चल्दैन

अहाे ! कति अनाैठाे छ है हाम्राे समाज….
यहाँ राक्षश बनेर चिथाेर्नलाइ कलिलाे जवानी चल्छ
यहाँ समयलाइ नै बदलीदिने सिप चल्छ
त्यहि सिपमा प्रयाेग हुने औजार चल्छ

तर उसैले खाली शरीर ले छोएको पानी नचल्ने ।
पानी पानी नै रंग हुदैन ।
मैले सुने को थिए पानी को कुनै रंग हुदैन ।
जुन रंग मिसायो त्यही रंग हुन्छ ।
तर मान्छे मान्छे नै हो ।
मान्छे मा कुनै फरक हुदैन ।
मानिस को शारीरिक अंग चाहे हस्पिटल ले पनि एक को अर्कोमा प्रत्यारोपण गर्न सक्छ ।

भौतिकवाद ले संसार जिति सक्यो ।
चन्द्रमा गएर मानिस बाँस बसि सक्यो ।
हामी नेपाली एउटा सियो बनाउने उपाए छैन भौतिवाद को आँखा मा तर जातिय छुवाछूत अनि जातिय विभेद कुरो गर्छौ ।
मेरो बुझाईमा हामी जब सम्म नेपाली जातिय मुद्दा बाट मुक्त हुन सक्दैनौं सु-शासन शान्ती अमन चयन र समृद्धी हुदैन ।
एकता नै समाज रुपान्तरण हो देश समृद्धि हो ।

-नरेश महरा, कंचनपुर

489 Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *