तीन गजल – शिवराज खनाल ‘कल्पित’

487 Shares

                                -शिवराज खनाल कल्पित

के सुन्न चाहान्छौ र राजधानीको कथा।
बरू सुनाउछु गाउॅको मदानीको कथा।।

मेरा बा को शरिरमा घिउ गन्हाउछ पक्कै।
यही हो लाग्छ मलाई सुनखानीको कथा।।

मेरो मथिङ्गलमा हलचल ल्याईदिन्छ।
सम्झाइदियो भने यदि जवानीको कथा।

दिनहुॅ बलत्कारको सिकार छन यो देशमा ।
हो यो हजारौ सुन्तली र सान्नानीको कथा।

स्वतन्त्रता चिडियामा छ कि तिमीमा छ।
सॅसार यि ऑखामा छ कि तिमीमा छ।।

मृदुभाषी बनेर मेरो मन बिलय बनाउने।
कोमलता त आमामा छ कि तिमीमा छ।।

मैले गहिरो नियालीसकेको परिणाम हो।
सुन्दरता कि गॅगामा छ कि तिमीमा छ।।

सायद प्रणय भरिएर होला यति उत्ताउलो।
सन्चलता यार बच्चामा छ कि तिमीमा छ।।

यो रातलाई पनि रङ्गिन बनाउने कला।
हेरे जुनमा छ तारामा छ कि तिमीमा छ।

झन् बढी रहेछन् हातभरी यी ठेलाहरू।
थपियो अझ जिम्वेवारी र झमेलाहरू।।

छ सॅबेदना जस्तो लाग्दैन तिम्रो मालिकमा।
कति दुख्दा हुन् तिम्रा कोमल हत्केलाहरू।।

प्रदेशमा धन कमाई शुख किन्नेछु प्रिया।
नभिजाउनु याद् मा आॅखाका परेलाहरू।।

गाउमा दिनमै हल्लीरहेछन जाॅड धोकेर।
के सिक्लान र यस्ता गुरूबाट चेलाहरू।

शिवराज खनाल कल्पित
अछाम, हाल काठमाण्डौ

487 Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *