नेपालको एतिहासिक जित, यूएईसंगको दुवै सिरिजमा विजयी

451 Shares

टीट्‍वान्टी शृङ्खला अन्तर्गतको नेपाल र संयुक्त अरब इमिरेट्‍स (यूएई)बीचको तेस्रो खेलमा नेपाल बिजयी भएको छ । यो संगै पहिलो एकदिवसीय सिरिज आफ्नो पोल्टामा पारिसकेको नेपालले पहिलो टि ट्वान्टी सिरिजमा समेत आफ्नो कब्जा जमाएको छ । यो संगै नेपालले क्रितिमानी जित हासिल गरेको छ । आइतबार भएको अन्तिम तथा निर्णायक खेलमा नेपालले युएईलाई १४ रनले पराजित गरेको हो । नेपालले दिएको १०५ रनको लक्ष्य पछ्याउने क्रममा युएइले निर्धारित ओभरमा ९० रन मात्र बनाउन सक्यो । नेपालका लागि करण केसी, ललित राजबंसी र अविनास बोहोराले समान २/२ विकेट लिए भने सोमपाल कामी  र सन्दीप लामिछाने   १/१ विकेट लिए  ।  ब्याटिंग तर्फ युएइका गुलाम सब्बिरले २५, सइमान अनवरले ३०  रन जोडेका थिए ।

त्यसअघि नेपालले युएइलाई १०५ रनको लक्ष्य दिएको छ । बर्षको कारण १० ओभरमा झारिएको खेलमा नेपालले टस हारेर ब्याटिंगको निम्तो पाएको थियो । पहिले ब्याटिंग गरेको नेपालले कमजोर सुरुवातको बाबजुत कप्तान पारस खड्काको २९ र सन्दीप जोराको २८ रनको मद्दतमा १०४ रन जोडेको थियो ।

त्यस्तै बिनोद भण्डारीले २१, ज्ञानेन्द्र मल्लले ११ र करण केसीले १० रन जोडेका थिए । तेस्रो ओभरमै नेपालले दुई विकेट गुमाएको थियो । पहिलो, दोस्रो र तेस्रो ओभरमा पवन शरार्फ, उपकप्तान ज्ञानेन्द्र मल्ल र दीपेन्द्रसिंह ऐरी आउट भएका हुन् । पवन ०.४ ओभरमा आउट भए भने २.३ ओभरमा बाहिरिए । त्यैसगरी तेस्रो ओभरको रुपमा दीपेन्द्रसिंह ऐरी ३.३ ओभरमा आउट भएका हुन् ।त्यस्तै कप्तान पारस खड्का पनि १४ बलमा २९ रन बनाएर आउट भएका थिए । वर्षाका कारण खेल १० ओभरमा झारिएको खेलमा पाँचौ विकेटका लागि सन्दीप जोरा र बिनोद भण्डारीले महत्वपूर्ण साझेदारी गरेका थिए । तर ८.३ ओभरमा उत्कृष्ट ब्याटिंग गरिरहेका सन्दीप जोराको विकेट गुमेको थियो । सन्दीपले आउट हुनु अघि १० बलमा २८ रनको विस्फोटक ब्याटिंग गरिरहेका थिए । युएइका महमद नाबिद र सुल्तान अहमदले सर्वाधिक २\२ विकेट हात परेका थिए भने अमिर हायत, महमद बूटले १/१ विकेट लिएका थिए ।

451 Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *