करन केसी बने प्लेयर अफ द म्याच

115 Shares

टीट्‍वान्टी शृङ्खला अन्तर्गतको नेपाल र संयुक्त अरब इमिरेट्‍स (यूएई)बीचको तेस्रो खेलमा नेपाल बिजयी भएको छ । यो संगै पहिलो एकदिवसीय सिरिज आफ्नो पोल्टामा पारिसकेको नेपालले पहिलो टि ट्वान्टी सिरिजमा समेत आफ्नो कब्जा जमाएको छ । यो संगै नेपालले क्रितिमानी जित हासिल गरेको छ । आइतबार भएको अन्तिम तथा निर्णायक खेलमा नेपालले युएईलाई रनले पराजित गरेको हो । नेपालले दिएको १०५ रनको लक्ष्य पछ्याउने क्रममा युएइले निर्धारित ओभरमा रन मात्र बनाउन सक्यो । नेपालका लागि करण केसीले २ विकेट लिए भने सोमपाल कामी, अविनास बोहोरा र सन्दीप लामिछाने १/१ विकेट लिए भने ब्याटिंग तर्फ युएइका गुलाम सब्बिरले २५, सइमान अनवरले ३० रन जोडेका थिए ।

अन्तिम तथा निर्णायक खेलमा प्लेयर अफ दि म्याच भने कारण केसी बनेका छन । पहिले ब्याटिंग गर्ने क्रममा करनले ५ बलमा १ छक्का मदतले १० रन बनाए। त्यसपछि बलिङ्ग गर्ने क्रममा पनि करनले २ ओभरमा मात्र १३ रन खर्चेर २ विकेट हात पारे। करनले गरेको किफायती बलिङ्गले नेपालको जितमा महत्वपूर्ण भूमिका खेलेको थियो भने विस्फोटक ब्याटिंग गरिरहेका शैमन अनवरको विकेट लिनु खेलको टर्निंग प्वाइन्ट थियो। अनवरले २० बलमा २/२ चौका र छक्का प्रहार गर्दै ३० रन बनाईसकेका थिए र खेल जिताउन सक्ने सम्भावना देखाएका थिए। यस्तै करनले अर्का विस्फोटक ब्याट्सम्यान तथा कप्तान मोहम्मद नबिदलाई खाता नखोल्दै क्याच आउट गराएका थिए।

Karan KC of Nepal celebrates getting a wicket during the T20 Triangular Tournament match between The Netherlands and Nepal at Lords on July 29, 2018 in London, England. (Photo by Nathan Stirk/Getty Images)

त्यस अघि पहिले ब्याटिंग गरेको नेपालले निर्धारित १० ओभरमा १०४ रन जोडेको थियो । बर्षाको कारण १० ओभरमा झारिएको खेलमा नेपालले टस हारेर ब्याटिंगको निम्तो पाएको थियो । टस हारेर ब्याटिंग गरेको नेपालले कमजोर सुरुवातको बाबजुत कप्तान पारस खड्काको २९ , सन्दीप जोराको २८ र बिनोद भण्डारीको २१ रनको मद्दतमा १०४ रन जोडेको थियो । बलिंग तर्फ युएइका महमद नाबिद र सुल्तान अहमदले सर्वाधिक २\२ विकेट हात परेका थिए भने अमिर हायत, महमद बूटले १/१ विकेट लिएका थिए ।

115 Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *