कोरियामा रविले देउडा गाएपछि तहल्का मच्चियो – भिडियो

नेपाल आइडल रवि ओड सहित टप ६ को टोलि कोरियामा पुगेर त्यहा रहेका नेपालीहरु माझ प्रस्तुत भएका छन । दोस्रो अन्तर्राष्ट्रिय टुर अन्तर्गत अष्ट्रेलिया पुगेका उनीहरु त्यहि बाट कोरियाको लागि उडेका थिए ।  कोरिया पुगेका उनीहरुले आफ्नो जोडदार प्रस्तुति दिएका थिए ।  नेपाल आइडल रवि ओडले कोरियामा रहेका सुदूरपश्चिमेली नेपालीहरुलाई लक्षित गरेर देउडा गीत समेत गएका थिए ।

जापान, अष्ट्रेलिया हुदै कोरिया पुगेका रविले  भोजराज भत्ताको चर्चित देउडा गीत ‘बम्बाई जाने रेल गाडीका पिया गुडन लागे’ गीत गएर प्रदेशीलाई सम्बोधन गरेका थिए ।  रवि नेपाल आइडल घोषित भएपछि उनको दैनिकी निकै फेरिएको छ । पछिल्लो समय कामको चापले उनी फूर्सद नै निकाल्न पाएका छैनन् । देश बिदेशका बिभिन्न  सांगीतिक कार्यक्रममा आफ्नो सेडुल नै ब्यस्त बनाएका उनलाई कार्यक्रमकै दौरानमा दौडधुप गर्नैमै ब्यस्त गरेका  छन् । १० दिने  जापान टुरबाट अन्तर्राष्ट्रिय टुर सुरु गरेका नेपाल आइडलका बिजेताहरु अझै धेरै देशमा हुने कार्यक्रमलाई आफ्नो जोडदार प्रस्तुतिको साथमा सम्बोधन गर्ने छन् ।

बिदेशमा रहेका नेपालीहरुको भरपुर माया पाइरहेका उनीहरु यसपछिका कार्यक्रममा पनि  जापान अष्ट्रेलिया र कोरियाको जस्तै दर्शक श्रोताको माया र साथ पाउने अपेक्ष्यामा छन् ।  नेपाल आइडलको स्टेजबाट आफ्नो नया करियर सुरु गरेका उनीहरु देश बिदेशमा रहेका नेपालीबाट अत्यधिक रुचाइएका छन् । जापान अष्ट्रेलिया जस्तै रविले कोरियामा पनि भरपुर माया पाएका छन् । भिडियो 


Leave a Reply

Your email address will not be published. Required fields are marked *