Omg रवि स्टेजमा उक्लिएपछि – भिडियाे हेर्नुहाेस

806 Shares

पछिल्लाे समयका चर्चित सेलिब्रेटि नेपाल आइडल रवि ओड सहित टप ६ को टोलि कोरियामा पुगेर त्यहा रहेका नेपालीहरु माझ प्रस्तुत भएका छन । नेपाल अइडलकाे पुर्व याेजनाकाे कार्यक्रम अन्तरगत दोस्रो अन्तर्राष्ट्रिय टुरमा सहभागिता जनाउन अष्ट्रेलिया पुगेका उनीहरु त्यहि बाट कोरियाको लागि उडेका थिए । तेस्राे अन्तराष्टिय टुरका रूपमा कोरिया पुगेका उनीहरुले अागिमी दिनमा अन्य देशमा दिएकाे प्रस्तुति जस्तै आफ्नो जोडदार प्रस्तुति दिएका थिए । त्यसै क्रममा नेपाल आइडल रवि ओडले कोरियामा रहेका सुदूरपश्चिमेली नेपालीहरुलाई लक्षित गरेर देउडा गीत समेत गएका थिए । अन्य गितमा जस्तै देउडा गित गाउदा पनि रविले दर्शककाे भरपुर माया पाउननुका साथै माहाेल समेत बनाए ।

जापान, अष्ट्रेलिया हुदै कोरिया पुगेका रविले भोजराज भट्टकाे चर्चित देउडा गीत ‘बम्बाई जाने रेल गाडीका पिया गुडन लागे’ गीत गएर प्रदेशीलाई सम्बोधन गरेका थिए । विशेष यरि परदेशीलाइ लक्षित गरि गाइएकाे याे गित गाउदा कार्यक्रमकाे हलमा उपस्थित सबैले रविसंगै स्वररमा स्वर मिलाउदै गित गाएका थिए । उसाे त रवि नेपाल आइडल घोषित भएपछि उनको दैनिकी निकै फेरिएको छ । पछिल्लो समय कामको चापले उनी फूर्सद नै निकाल्न पाएका छैनन् । देश बिदेशका बिभिन्न सांगीतिक कार्यक्रममा आफ्नो सेडुल नै ब्यस्त बनाएका उनलाई कार्यक्रमकै दौरानमा दौडधुप गर्नैमै ब्यस्त गरेका छन् ।

बिदेशमा रहेका नेपालीहरुको भरपुर माया पाइरहेका उनीहरु यसपछिका कार्यक्रममा पनि जापान अष्ट्रेलिया र कोरियाको जस्तै दर्शक श्रोताको माया र साथ पाउने अपेक्ष्यामा छन् । नेपाल आइडलको स्टेजबाट आफ्नो नया करियर सुरु गरेका उनीहरु देश बिदेशमा रहेका नेपालीबाट अत्यधिक रुचाइएका छन् । जापान अष्ट्रेलिया जस्तै रविले कोरियामा पनि भरपुर माया पाएका छन् । १० दिने जापान टुरबाट अन्तर्राष्ट्रिय टुर सुरु गरेका नेपाल आइडलका बिजेताहरु अझै धेरै देशमा हुने कार्यक्रमलाई आफ्नो जोडदार प्रस्तुतिको साथमा सम्बोधन गर्ने छन् । भिडियो

806 Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *