रविले यसरी नचाए काेरियाका दर्शकहरूलाइ – भिडियाे

874 Shares

पछिल्लाे समयका चर्चित सेलिब्रेटि नेपाल आइडल रवि ओड सहित टप ६ को टोलि कोरियामा पुगेर त्यहा रहेका नेपालीहरु माझ प्रस्तुत भएका छन । नेपाल अइडलकाे पुर्व याेजनाकाे कार्यक्रम अन्तरगत दोस्रो अन्तर्राष्ट्रिय टुरमा सहभागिता जनाउन अष्ट्रेलिया पुगेका उनीहरु त्यहि बाट कोरियाको लागि उडेका थिए । तेस्राे अन्तराष्टिय टुरका रूपमा कोरिया पुगेका उनीहरुले अन्य देशमा दिएकाे प्रस्तुति जस्तै आफ्नो जोडदार प्रस्तुति दिएका थिए । त्यसै क्रममा नेपाल आइडल रवि ओडले कोरियामा रहेका सुदूरपश्चिमेली नेपालीहरुलाई लक्षित गरेर देउडा गीत समेत गएका थिए । अन्य गितमा जस्तै देउडा गित गाउदा पनि रविले दर्शककाे भरपुर माया पाउननुका साथै माहाेल समेत बनाए ।

त्यस्तै नेपाल आइडल रवि ओडसहित तीन प्रतिस्पर्धी अमेरिका जाने भएका छन् । रबि सहित, फस्र्ट रनरअप बिक्रम बराल तथा द्वितीय बिजेता सुमित पाठक अमेरिका जाने भएका हुन् । तीनै जना आगामी अप्रिल-मे महिनामा कार्यक्रमको लागि जाने छन् । आयोजक केटिएम इन्टरटेन्टमेन्टका अनुसारले अमेरिकाका विभिन्न राज्यहरुका शहरमा कार्यक्रम प्रस्तुत गर्ने छन् । कार्यकमको सुरुवात बोस्टन शहरबाट सुरु हुने छ । बोस्टनबाट अप्रिल १२ आ सुरु भएको कार्यक्रम मे १२ तारिखका दिन सेन्ट लुइसमा सम्पन्न हुनेछ । आयोजकका अनुसार अप्रिल १२ बोस्टन, अप्रिल १३ न्यू योर्क, अप्रिल ९ बाल्टिमोर, अप्रिल २० वाशिंगटन र अप्रिल २७ तारिख मिनेसोटा, अप्रिल २८ ड्यालस, मे ३ अस्टिन, मे ४ सन फ्रान्सिस्को, मे १ लस एन्जेलस तथा अन्तिम मे १२ मा सेन्ट लुइसमा हुनेछ । आयोजकका अनुसार सन् २०१९ को सबैभन्दा बृहत कार्यकम हुनेछ भने नेपाल आइडलका प्रशंसकहरु कार्यकम हेर्न प्रतिक्षारत रहेका छन् । उनीहरुले आफ्नो मौलिक, साँस्कृतिक तथा स्वाभाविक गीतहरु प्रस्तुत गर्ने छन् ।

न्यू योर्कमा नेपाली नयाँ बर्ष को दिन कार्यकम प्रस्तुत हुने छ भने कार्यक्रम मेलरोज बलरुम एस्टोरिया न्यू योर्कमा हुनेछ । नेपाल आइडलकी कार्यक्रम प्रस्तोता रिमा विश्वकर्माले कार्यक्रम संचालन गर्ने छिन् । बिदेशमा रहेका नेपालीहरुको भरपुर माया पाइरहेका उनीहरु यसपछिका कार्यक्रममा पनि जापान अष्ट्रेलिया र कोरियाको जस्तै दर्शक श्रोताको माया र साथ पाउने अपेक्ष्यामा छन् । नेपाल आइडलको स्टेजबाट आफ्नो नया करियर सुरु गरेका उनीहरु देश बिदेशमा रहेका नेपालीबाट अत्यधिक रुचाइएका छन् ।
भिडियो

874 Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *