बधाई : महत्वपूर्ण खेलमा सन्दिपले ३ विकेट लिए, मेलबर्न प्लेअफमा

538 Shares

अस्ट्रेलियामा जारी बिग ब्यास लिग खेलिरहेका नेपाली स्पिनर सन्दिप लामिछाने उत्कृष्ट बलिंग गरेका छन् । सन्दीपले उत्कृष्ट बलिंग गर्दा महत्वपूर्ण खेलमा मेलबर्न ९४ रनले विजयी भएकाे छ । सन्दिप लामिछानेको कसिलो बलिङका कारण मेलबर्न स्टार्स विग ब्यास लिगको प्लेअफमा पुगेको हो । आज भएको खेलमा मेलबर्नले सिड्नै सिक्सर्सलाई ९४ रनले हराउन सफल भएको हो ।

त्यस्तै पहिलाे ओभर बलिङ गर्न अाएका सन्दिपले सफलता पाएका छन । सन्दिपले आफ्नाे स्पेलकाे पहिलाे ओभरमै विकेट चट्काएका हुन । १२ औ ओभरमा आफ्नो तेस्रो ओभर बलिंग गरेका सन्दीपले व्यक्तिगत दोर्सो सफलता हात परे भने टिमलाई आठौ सफलता मिलेको छ । त्यस्तै १४ औ ओभरमा अन्तिम विकेट लिदै सन्दीपले ३ विकेट लिन सफल भएका हुन् । उनले ३.४ ओभर बलिंग गर्दै ११ रन खर्चेर ३ विकेट लिएका हुन् । मेलबर्न क्रिकेट मैदानमा भएको खेलमा टस हारेर ब्याटिङको निम्तो पाएको घरेलु टिमले २० ओभरमा ६ विकेट गुमाउँदै एक सय ६८ रन बनायो । २१ रनमा पहिलो विकेट गुमाएको उसले ४९ रनमा दोस्रो विकेट खेर फाल्यो । उसका ओपनर ब्रायन डुंक मात्र एक रनमा आउट भए भने मार्कुस स्टोनीस ३४ रनमा पेभेलियन फर्किए । त्यसपछि पिटर ह्यान्ड्सकोबपनि ३५ रनमा आउट भए । उसका कप्तान ग्लेन म्याक्सवेलले अर्धसतकिए पारी खेले । उनले ४३ बलमा चार चौका र छ छक्का सहित ८२ रन बनाए । यस्तै निक माडिन्सनले १३ रन थपे ।

जवाफमा सिड्नी १३ ओभर चार बलमा मात्र ७४ रनमा अलआउट भयो । उसलाई कम स्कोरमा रोक्न नेपाली बलर सन्दिप लामिछानेले कसिलो बलिङ गर्दै तीन विकेट लिए । उनले तीन ओभर चार बलमा मात्र ११ रन खर्चिएर तीन विकेट हात पारे । सन्दिपले कुरनलाई १०, डारसुइस सात र नाथन लियोनलाई शुन्य रनमा नै पेभेलियन फर्कए ।

538 Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *