जिल्ला समन्वय समिति अछाम द्वारा आगलागी पीडित लाई राहत प्रदान

जिल्ला समन्वय समिति अछाम द्वारा आगलागी पीडित लाई राहत प्रदान

अछाम :मिति २०७६ जेष्ठ १० गते ढकारी गाउँपालिका वडा नम्बर ४ बलातामा घरमा  आगलागी भइ पुर्ण रूपमा घर नस्ट भएर घरवारविहीन हुन् पुगेका  आगलागी पीडित भक्तबहादुर बुढा लाई जिल्ला समन्वय समिति अछामले राहत प्रदान गरेको छ ।

सोमबार  ढकारि गाउँपालिका कार्यालयमा जिल्ला समन्वय समिति अछामका सदस्य सुरत बुड थापाले गाउपालिका प्रमुख प्रशासकीय अधिकृत टेकबहादुर वलि मार्फत पीडित बुढालाई राहत स्वरुप नगद २० हजार हस्तान्तरण गर्नुभएको थियो ।

यो सानो राहतले पनि पीडित परिवारलाइ  दुखेको घाउमा महल लगाउने उदेश्यले उक्त राहत प्रदान गरिएको  जिल्ला समन्वय समिति सदस्य बुड थापाले बताए ।

Leave a Reply