हास्य कलाकार हरिवंश आचार्यलाई देखियाे काेराेना….

हास्य कलाकार हरिवंश आचार्यलाई देखियाे काेराेना….

हास्य कलाकार तथा लेखक हरिवंश आचार्यलाई कोरोना संक्रमण पुष्टि भएको छ । कोरोनाको सामान्य लक्षण देखिएपछि परीक्षण गर्दा उनलाई कोरोना पोजिटिभ भएको हो ।

आचार्यले सामाजिक सञ्जाल फेसबुक मार्फत आफु र आफ्नो श्रीमतीलाई कोरोना संक्रमण भएको जानकारी दिएका हुन् । फेसबुकमा आचार्यले लेखेका छन् ।

“सामान्य लक्षण देखिएकोले हिंजो मेरो र मेरो श्रीमती रमिलाको PCR Test गरेका थियौं ।  हामी दुवै जनाको कोरोना संक्रमण पुष्टि भएको रिपोर्ट आज आयो ।  हाम्रो स्वास्थ्य अवस्था सामान्य छ | हामीसंग सम्पर्कमा रहनुभएका सम्पूर्ण महानुभावहरुले होम आइसोलेसनमा बसेर निर्धारित समयमा परीक्षण गराउनुहोला ।  यहाँहरुको माया, आशिर्बाद र शुभेच्छाको कारण हामीले छिट्टै कोरोना संक्रमणलाई जित्ने छौं | कोरोना संक्रमण ब्यापक रुपमा फैलिएको हुँदा यहाँहरु सबैले जनस्वास्थ्यका मापदण्ड अनिबार्य रुपमा अबलम्बन गर्नुहुन अनुरोध गर्दछौं । “

सामान्य लक्षण देखिएकोले हिंजो मेरो र मेरो श्रीमती रमिलाको PCR Test गरेका थियौं | हामी दुवै जनाको कोरोना संक्रमण पुष्टि…

Posted by Hari Bansha Acharya on Tuesday, 6 October 2020

Leave a Reply