कांग्रेस कोभिड १९ संक्रमण सुचनाको अछाम संयोजकमा चलाउने मनोनीत
नेपाली कांग्रेस अछामका युवा नेता तथा समाजसेवी नवराज चलाउनेलाई नेपाली काङ्ग्रेस कोरोना अनुगमन विभागले अछाम जिल्ला संयोजकमा चलाउने लाई मनोनीत गरेको छ । काङ्ग्रेस सह-महामन्त्री एवं नेपाली कांग्रेसको कोभिड-१९ अनुगमन समितिका संयोजक प्रकाश शरण महतका अनुसार देश भित्र कोभिड १९ ले पारेको असरको सम्बन्धमा कोभिड-१९ अनुगमन समितिलाई नियमित रुपमा सूचना र जानकारी दिन तथा कोरोना भाइरसको नियन्त्रण तथा रोकथाममा प्रतिपक्षी दल नेपाली कांग्रेसको भुमिका थप सशक्त बनाउन नवलपुर सहित देशका सबै जिल्लामाहरुमा कोभिड-१९ संक्रमण सूचना संयोजक तोकेको हो ।
सूचना संयोजकले जिल्लामा कोभिड-१९ संक्रमणको स्थिति परिक्षणको अवस्थामा , आईसोलेसन र क्वारेन्टाइनको सुविधा र मापदण्ड , कोरोना संक्रमितको लागि अस्पतालको स्थिति स्वास्थ्य सामाग्री र चिकित्सक तथा स्वास्थ्यकर्मीहरुको व्यवस्था, विभिन्न समयमा भएका र हुन सक्ने लकडाउन र निषेधाज्ञाले पारेको र पार्न सक्ने आर्थिक र सामाजिक अवस्थाको मूल्याकंन र सुचना केन्द्रलाई जानकारी गराउने र सरकारले चालेका कदमहरु त्यसको प्रभावकारी कार्यन्वयनका पक्षहरूलाई अध्यन गर्ने जस्ता कार्यहरु गर्नेछन ।
जिल्ला संयोजक चलाउनेले केन्द्रले आफुलाइ विश्वास गरेर वर्तमान परिप्रेक्ष्यमा महत्त्वपूर्ण जिम्मेवारी दिएकोमा आफू गम्भीर भएको र आफ्नो जिम्मेवारी प्रभावकारी ढंगबाट पूरा गर्न कुनै कसर नछाड्ने भन्दै मनोनयनका लागि धन्यवाद समेत दिएका छन ।