बर्बाद भइन् भाइरल रानु मंडल, कारण यस्तो रहेछ….

बर्बाद भइन् भाइरल रानु मंडल, कारण यस्तो रहेछ….

रेलवे स्टेसनमा सुरिलो आवाजमा गीत गाउने रानु मंडल त हामीलाई याद नै छिन्। उनको सुरिलो आवाज उनकालागि वरदान साबित भयो। सडकमा बसेर मीठो आवाजमा गीत गाएको भिडियो भाइरल भएपछि रानु रातारात इन्टरनेट सेलिब्रेटी बनिन्। रानुको किस्मतले उनलाई सपनाको सहर मुम्बईसम्म डोर्यायो।

मुम्बईमा म्युजिक डिरेक्टर हिमेश रेसमियाले रानुलाई ठूलो ब्रेक दिए। रानुले गाएको `तेरी मेरी कहानी´ बोलको गीत धेरै चर्चित भयो। उनी सेलिब्रेटी नै बनिन्। विभिन्न कार्यक्रमहरूमा रानु देखिन थालिन्। उनले लगाएका लुगा, उनले गरेका कुराकानी, उनको व्यवहार सबै मानिसहरूका लागि चासोको विषय बन्यो।

तर रानुको अवस्था फ़ेरि पनि पहिलेजस्तै भएको खबर आएको छ। उनी फ़ेरि सडकमा नै पुगेकी छन्। वास्तवमा उनको यस्तो अवस्था लकडाउनले गर्दा भएको हो। लकडाउनको समयमा रानुले काम पाएकी छैनन्। यस्तोमा उनको हालत निकै नै नाजुक भएको खबर आएको छ।
न्युज १८ का अनुसार, लोकप्रिय बनेपछि रानुले आफ्नो पुरानो घर छोडेर मुम्बईमा नयाँ घरमा सरेकी थिइन् तर लकडाउनका कारण आर्थिक रूपमा कमजोर भएपछि रानु मुम्बईको घर छोडेर आफ्नो पुरानो घर आइपुगेकी छन्। रानुको अवस्था फ़ेरि पनि सडकमा गीत गाउनपर्ने भैसकेको छ।

Leave a Reply