कांग्रेस मंगलसैन नगरपालिका ६ को शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रम सम्पन्न

कांग्रेस मंगलसैन नगरपालिका ६ को शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रम सम्पन्न

नेपाली कांग्रेस मंगलसैन नगरपालिका वडा ६ को  दसैं, तिहारको शुभकामना आदानप्रदान तथा  चियापान कार्यक्रम सम्पन्न भएको छ ।                                                                                                      पार्टीका संस्थापक विपी कोइरालाले २०३३ सालमा मेलमिलापको नीति लिएर भारत प्रवासबाट स्वदेश फर्केपछि सुरु गरिएको चियापान कार्यक्रमलाई कांग्रेसले सदाझैं यस वर्ष पनि निरन्तरता दिदै आएको छ । वडा  सभापति हेमराज भण्डारिको सभापतित्वमा भएको कार्यक्रममा प्रमुख अतिथिको आसन बाट बोल्दै पुर्ब पाटी सभापती पुस्प बहादुर शाहले  विपी कोइरालाले राष्ट्रिय मेलमिलापको नीति लिएर सुरु गर्नु भएको चियापान कार्यक्रम ऐतिहासिक भएको स्मरण गराउँदै शान्तिपूर्ण, भेदभावरहित समृद्ध नेपाल निर्माण निर्माण गर्ने सबैको चाहना पूरा गर्न सफलता मिलोस् भनि शुभकामना पनि व्यक्त गर्नु भएको छ ।

महासमिती सदस्य समेत रहेको नेता शाहले  मुलुकलाई समृद्ध बनाउन सबै भन्दा अनुकूल अवसर आएको उल्लेख गर्दै त्यसलाई सदुपयोग गरेर अघि बढन सरकारलाई सुझाव दिनुभयो । उनले राष्ट्रिय एकता र मेलमिलाप मुलुकका लागि आज पनि उत्तिकै आवश्यक रहेको पनि स्पष्ट पार्नु भयो ।

कार्यक्रमका विशिष्ट अतिथी द्वय महासमिति सदस्य एबम पन्चदेवल बिनायक नगरपालीका नगर प्रमुख देवराज देवकोटा र महाधिवेशन प्रतिनिधि पदमराज अधिकारीले अहिले कोरोनाको बिरामिको उपचार खर्च आफैले बेहोर्नु पर्ने भन्ने निर्णय गलत भएको बताउनु भएको छ । उहाले सरकारले गरेको निर्णयले जनताले अभिभावक गुमाएको अनुभुती गरेको बताउनु भयो । कार्यक्रममा बोल्दै नेपाली काङ्ग्रेस जिल्ला आमन्त्रित सदस्य जनकराज भण्डारीले देशमा दुई तिहाइको सरकार हुदा पनि मुलुकमा जनताको पक्षमा काम गर्न नसकेको बताए ।दुई तिहाइको दम्भका साथ सरकारले जनताको हित बिपरित कामहरु गरिरहेको आरोप समेत लगाए ।

चियापान कार्यक्रममा नगर सभापती पुस्पराज भण्डारी  ,नगर उपसभापति राजेश बाबु बोगटी , नेबिसघ जिल्ला सचिब  बम बहादुर स्वार ,नेपाल प्रेस  युनियन अछामका सचिब सुशील भण्डारी , शिक्षक संघका सेतिराम भण्डारी  , महादेव भण्डारी  ,चन्द्रकान्त भण्डारी  ,बिक्रम सिंह  बिस्ट ,लोकराज भण्डारी ,महिला संघका छलुदेबी भन्डारी साबी भन्डारी ,नेबि संघका बेदराज भण्डारी ,दलित संघका झुपा दमाई  लगायतले शुभकामना मन्तव्य राख्नु भएको थियो । वडा कार्यसमिति उपसभापति गँगाराम भण्डारीले स्वागत गर्नुभएको कार्यक्रमा ५ जना नेकपा परित्याग गरि नेपालि काँग्रेसमा प्रबेश गरेका छन ।

Leave a Reply