कांग्रेस बान्निगढी जयगढ गाउँपालिका ५ को शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न
अछाम :नेपाली कांग्रेस बान्निगढी जयगढ गाउँपालिका वडा ५को दसैं, तिहारको शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रम सम्पन्न भएको छ । पार्टीका संस्थापक विपी कोइरालाले २०३३ सालमा मेलमिलापको नीति लिएर भारत प्रवासबाट स्वदेश फर्केपछि सुरु गरिएको चियापान कार्यक्रमलाई कांग्रेसले सदाझैं यस वर्ष पनि निरन्तरता दिदै आएको छ । नवराज रावलको सभापतित्वमा भएको कार्यक्रममा प्रमुख अतिथिको आसन बाट बोल्दै नेपाली काङ्ग्रेस अछामका पाटी सभापती भरत कुमार स्वारले विपी कोइरालाले राष्ट्रिय मेलमिलापको नीति लिएर सुरु गर्नु भएको चियापान कार्यक्रम ऐतिहासिक भएको स्मरण गराउँदै शान्तिपूर्ण, भेदभावरहित समृद्ध नेपाल निर्माण निर्माण गर्ने सबैको चाहना पूरा गर्न सफलता मिलोस् भनि शुभकामना पनि व्यक्त गर्नु भएको छ ।
कार्यक्रममा बोल्दै स्वारले मुलुकलाई समृद्ध बनाउन सबै भन्दा अनुकूल अवसर आएको उल्लेख गर्दै त्यसलाई सदुपयोग गरेर अघि बढन सरकारलाई सुझाव दिनुभयो । उनले राष्ट्रिय एकता र मेलमिलाप मुलुकका लागि आज पनि उत्तिकै आवश्यक रहेको पनि स्पष्ट पार्नु भयो ।
कार्यक्रमका विशिष्ट अतिथीको आसन बाट बोल्दै महाधिवेशन प्रतिनिधि टक्कर ताम्राकारले देशमा दुई तिहाइको सरकार हुदा पनि मुलुकमा जनताको पक्षमा काम गर्न नसकेको बताए ।दुई तिहाइको दम्भका साथ सरकारले जनताको हित बिपरित कामहरु गरिरहेको आरोप समेत लगाए ।
चियापान कार्यक्रममा पुर्व महाधिवेशन प्रतिनिधि अर्जुन ताम्राकार ,प्रदेश सभा ख का सभापती डम्बर बहादुर स्वार , जिल्ला कार्यसमिति सदस्य चन्द्र सिंह लुहार, काङ्ग्रेस नेता एवं बान्निगढी जयगढ गाउँपालिका अध्यक्ष राजेन्द्र बहादुर खड्का ,वडा नम्बर ४ का अध्यक्ष कर्ण बहादुर ठकुल्ला,पुर्व जिल्ला सदस्य कृष्ण बहादुर खड्का ,काङ्ग्रेस नेत्री यसोदा बोहरा ,काङ्ग्रेस नेता दिपक शाह,इन्द्र बहादुर साउद ,किसान संघ बान्निगढी जयगड गाउँकार्यसमिति सभापति नवराज साउद ,नेपाल ट्रेड युनियन काङ्ग्रेस बान्निगढी जयगढ गाउँकार्यसमिति सभापति बसन्ति खत्री लगायत नेताकार्यकर्ताले शुभकामना मन्तव्य राखेका थिए ।
कार्यक्रमको संचालन सुरत रावलले गर्नु भएको थियो । साथै कार्यक्रमा ४० जना भन्दा बढी नेताकार्यकर्ता नेकपा परित्याग गरि नेपालि काँग्रेसमा प्रबेश गरेका छन ।