भिटेनलाई प’क्राउ नगर्न उच्च अदालतको आदेश:

भिटेनलाई प’क्राउ नगर्न उच्च अदालतको आदेश:

र्यापर भिटेनलाई प’क्राउ तथा धरपकड नगर्न उच्च अदालत पाटनले अन्तरिम आदेश जारी गरेको छ ।

अदालतले प्रहरी प्रधान कार्यालय र ब्युरोलाई भिटेनमाथि अ’नुसन्धान गर्नुपर्ने कारण नदेखिएको भन्दै धरपकड नगर्न आदेश दिएको हो ।

भिटेनले प्रहरी प्रधान कार्यालय र साइबर ब्यूरोलाई विपक्षी बनाउँदै उच्च अदालत पाटनमा १६ कात्तिकमा निषेधाज्ञासम्बन्धि रिट निवेदन दर्ता गराएका थिए ।

केही दिनअघि भिटेनले सार्वजनिक गरेको नयाँ गीत ‘पारा’माथि छानबिन गर्न कात्तिक १३ गते प्रहरी प्रधान कार्यालयले साइबर ब्यूरोलाई निर्देशन दिएको थियो । हेडक्वार्टरको निर्देशनसँगै ब्यूराले भिटेनको खोजी सुरु गरेको थियो ।

Leave a Reply