छोराको बिहेमा किन खुसी छैनन् उदितनारायण ? आदित्यले दिए यस्तो बयान !

छोराको बिहेमा किन खुसी छैनन् उदितनारायण ? आदित्यले दिए यस्तो बयान !

आफ्नो सुमधुर स्वरको जादुले नेपाल तथा भारतमा तहल्का पिट्न सफल गायक उदितनारायणका एकमात्र सन्तान आदित्यनारायणको बिहेको दिन नजिकिँदै छ। आदित्यनारायण गायक तथा होस्ट हुन्। आफ्नो बिहेको कुराले आदित्य अचेल चर्चामा छन्। आदित्यले एकाएक स्वेता अग्रवालसँग आफ्नो बिहेको घोषणा गर्दा पिता उदितनारायण चकित बनेका थिए। स्वेतासँग आदित्यको स्वयंवर भैसकेको छ र अर्को महिना बिहे हुने भनिएको छ।

उदितनारायणले छोराको बिहे प्रसंगमा दैनिक भाष्करसँग कुरा गर्दै भनेका थिए, “धेरै वर्षदेखि स्वेतालाई हामीले चिनेका छौँ, तर आदित्यको साथीको रूपमा मात्र। आदित्य व्यवस्थित भएर बसेको हामी हेर्न चाहन्छौँ। आदित्य र स्वेता प्रेममा छन् भन्ने मलाई थाहा थिएन। एकदिन आदित्यले मेरो नजिक आएर आफूले स्वेतासँग बिहे गर्न चाहेको कुरा भन्यो। यसमा मैले भनेँ, अगाडि गएर केही भयो भने यसको दोष आमाबाबुलाई नदिनू।”

उदितनारायणको यस्तो बयानपछि छोराको बिहेदेखि उदित खुसी नभएको अड्कल दर्शकहरूले काटेका थिए। यसमा स्पष्ट पार्दै आदित्यले भनेका छन्, “मेरा बाबाले जिस्केर मजाकमा त्यस्तो बयान दिनुभएको थियो तर मान्छेहरूले त्यसलाई गलत अर्थ लगाए। म आफ्नो आमाबाबुको एकमात्र सन्तान हूँ, त्यसैले मेरो बिहेमा वहाँहरूभन्दा खुसी अरू कोही हुनै सक्दैन।”

Leave a Reply