डा. बाबुराम दम्पतीको कोरोना रिपोर्ट पुन: पोजेटिभ
पूर्वप्रधानमन्त्री एवम् जनता समाजवादी पार्टी (जसपा) संघीय परिषद् अध्यक्ष डा बाबुराम भट्टराई दम्पतीको दोस्रो पटक पनि कोरोना रिपोर्ट पोजिटिभ आएको छ ।
होम आइसोलेसनमा रहेका डा. भट्टराई र उहाँकी पत्नी हिसिला यमीको कोरोना रिपोर्ट दोस्रो पटक पनि पोजिटिभ आएको हो ।
होम आइसोलेसनमा १४ दिन बसेपछि दोस्रो पटकको पीसीआर परीक्षण गर्दा पुन: पोजिटिभ आएको हो । पीसीआर परीक्षणका लागि कात्तिक ७ गते स्वाब दिएका दुबै जनाको रिपोर्ट पोजिटिभ आएको बाबुरामले ट्वीटरमार्फत् जानकारी गराउनुभएकाे थियाे ।
दोस्रो पटकको पीसीआर रिपोर्ट पोजेटिभ आएपछि बाबुरामले कोरोनाविरुद्धको लडाईं लामो भएको बताउनुभएकाे छ । उहाँले बुढाबुढी सँगसँगै कोरोनाविरुद्धको मोर्चामा भएको जानकारी गराउनुभएकाे छ । उहाँले फेसबुकमा लेख्नुभएकाे छ – ‘बुढाबुढी सँगसँगै कोरोनाविरूद्ध मोर्चा कस्दै! लडाइॅ केही लामै होला जस्तो पो छ त!