बैतडीमा जीप दुर्घटना हुँदा ५ जनाकाे मृत्यु, ५ घाइते

बैतडीमा जीप दुर्घटना हुँदा ५ जनाकाे मृत्यु, ५ घाइते

बैतडी: बैतडीमा जीप दु’र्घटना हुँदा ५ जनाको मृ’त्यु भएको छ । मंगलबार दिउँसो झुलाघाटबाट गोठलापानीतर्फ आउदै गरेको ना१ज २१९६ नम्बरको जीप दशरथचन्द नगरपालिका–१० बुड्डा नजिकै दु’र्घटना हुँदा ५ जनाले घ’टनास्थलमै ज्या’न गु’माएको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।

मृत्यु हुनेमा जिल्लाको सुर्नया गाउँपालिका–४ की ७५ वर्षीया कलावती चन्द, पाटन नगरपालिका–५ का ७७ वर्षीय भगीरथ पाण्डेय, सोही ठाउँकी ७० वर्षीया पार्वती देवी चन्द, दशरथचन्द नगरपालिका–२ देहिमाण्डौंका ५८ वर्षीय कृष्ण लावड र दशरथचन्द नगरपालिका–५ बस्कोटकी ७२ वर्षीया पार्वती चन्द रहेको प्रहरीले जनाएको छ ।

यस्तै दु’र्घटनामा परी ५ जना घा’इते भएका छन् । घा’इते हुनेमा जिल्लाको दशरथचन्द नगरपालिका–९ का ४६ वर्षीय खगेन्द्र प्रसाद जोशी, दोगडाकेदार गाउँपालिका–६ का ५० वर्षीय कृष्णानन्द भट्ट, दशरथचन्द नगरपालिका–२ देहिमाण्डौंका २२ वर्षीय प्रदिप लावड, दशरथचन्द नगरपालिका–५ का ३५ वर्षीय रविन्द्र चन्द र चालक दशरथचन्द नगरपालिका–४ का अन्दाजी ३५/४० वर्षीय गोपाल सिंह कार्की रहेको प्रहरीले जानकारी दिएको छ ।

चालक कार्कीको अवस्था गम्भीर रहेकाले उनलाई थप उपचारका लागि धनगढी पठाइएको प्रहरी नायव उपरीक्षक नारायण प्रसाद अधिकारीले बताए । जीप सडकबाट करिब २ सय ५० मिटर तल खसेको उनले जानकारी दिए। अहिले मृ’तकहरुको श’व घट’नास्थलमै रहेको र घ’टना सम्बन्धी अनुसन्धान भइरहेको बताइएको छ ।

Leave a Reply