नेपालले घरेलु मैदानमै विश्वकप छनोट खेल खेल्ने

नेपालले घरेलु मैदानमै विश्वकप छनोट खेल खेल्ने

सन् २०२२ मा कतारमा हुने विश्वकप फुटबलको छनोट खेल नेपालले घरेलु मैदानमा खेल्ने भएको छ ।  विश्वकप छनोट अन्तर्गत दोस्रो चरणका तीन खेल सन् २०२१ को मार्चमा नेपालले घरेलु मैदानमै खेल्ने भएकाे हाे ।

जसमा २०२२ विश्वकप फुटबल तथा सन् २०२३ मा चीनमा हुने एसियन कप फुटबलका लागि छनोट खेल नेपालले आगामी मार्च २५ मा चाइनिज ताइपेइसित खेल्ने अखिल नेपाल फुटवल सङ्घ (एन्फा) का प्रवक्ता किरण राईले जानकारी दिए । एसियन छनोटअन्तर्गत नेपाल समूह ‘बी’मा रहेको छ ।

एसियाली फुटबल महासङ्घले सार्वजनिक गरेको खेल तालिकाअनुसार नेपालले आगामी मार्च ३० मा अष्ट्रेलियासित तथा जुन ७ मा जोर्डनसित खेल्नेछ । कोरोना भाइरसको सङ्क्रमणका कारण सन् २०२० को मार्च र अप्रिलमा हुने एसियाली क्षेत्रको दोस्रो चरणको खेल स्थगित गरिएको थियो । कोरोना कहर नरोकिएपछि एएफसीले छनोट चरणका खेल सन् २०२१ मा गर्ने निर्णय गरेको हो ।

समूह बीमा नेपालसहित अष्ट्रेलिया, कुवेत, जोर्डन र चाइनिज ताइपेई रहेका छन् ।

Leave a Reply