जब घरको ताला तोडेर क्रसलाई भेट्न गइन् करीना…

जब घरको ताला तोडेर क्रसलाई भेट्न गइन् करीना…

बलिउड बेबो करीना कपुरले आफ्नो जिन्दगीमा धेरै ठूलो सफलता हात पारिसकेकी छन्। एक समय बलिउडमा एकछत्र राज गरेकी यी अभिनेत्री कपुर खानदानकी प्यारी छोरी हुन्।

करीना र उनकी दिदी करिश्मालाई आमा बबिताले निकै मायाले हुर्काएकी हुन्। एकल आमा बबिताले छोरीहरूलाई मायाका साथै सजाय पनि दिएकी छन्। आफू साह्रै जिद्दी र बदमास भएकै कारण आफूलाई आमाले देहरादुनको बोर्डिङ स्कुल पठाएको कुरा करीनाले एउटा अन्तर्वार्तामा खुलाएकी छन्।

करीनाकाले दिएको अन्तर्वार्ताअनुसार, १४/१५ वर्षको उमेरमा उनलाई एउटा केटो निकै मन पर्‍थ्यो। र उनी त्यस केटालाई भेट्न जान चाहन्थिन्। तर उनकी आमा बबितालाई यो कुरा कदापि मञ्जुर थिएन। बबिताले करीनाको फोन जहिल्यै अर्को कोठामा ताला लगाएर राख्थिन्। एक दिन करीनाकी आमा बाहिर गएको बेला उनले कोठाको ताला फोडेर फोन निकालेकी थिइन् र त्यस केटालाई भेट्न गएकी थिइन्।

करीना हाल विवाहित जीवन बाँचिरहेकी छन्। बलिउड नायक सैफ अली खानसँग बिहे गरेकी करीनाका तैमुर नामका एक छोरा छन्।

Leave a Reply