संसद विघटन विरुद्ध नेपाल विद्यार्थी संघ अछाम द्वारा बिराेध प्रदर्शन

संसद विघटन विरुद्ध नेपाल विद्यार्थी संघ अछाम द्वारा बिराेध प्रदर्शन

अछाम :प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारीसमा राष्ट्रपती विद्यादेवी भण्डारीले संसद विघटनको घोषणा गरेको विरोधमा नेपाल विद्यार्थी संघ अछामले विरोध जनाएको छ ।                                                 प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसको भातृ संगठन नेविसंघले आज संसद विघटनका विरुद्ध मंगलसेनमा विरोध प्रर्दशन गरेको हो ।  जिल्ला सदरमुकाम मंगलसेनमा संसद बिघटन खारेज गर्न माग गर्दै प्रदर्शन भएको हो । असंबैधानिक संसद बिघटन खारेज गर, संघिय लोकतान्त्रिक गणतन्त्र नेपाल जिन्दाबाद लगायतका विभिन्न नारा लगाएर काँग्रेस पार्टी कार्यलयबाट सुरु भएको नेबि संघको बिरोध प्रदर्शन मंगलसेन बिच बजारमा गएर कोणसभामा परिणत भएको थियो । नेबिसंघ अछामका अध्यक्ष निर्प साउदको नेतृत्वमा भएको बिरोध प्रदर्शनमा नेपाली कांग्रेस अछामका उपसभापती चन्द्र प्रशाद ढङ्गाना प्रमुख अथिती रहनु भएकाे थियाे । बिरोध सभाम बोल्दै उप सभापति ढुंगानाले याे सरकार सबै कुरामा असफल भएकाे बताउनुभयो । केपी वलिले अाफ्ना खुट्टामा बन्चराे हाने,अाफ्नै पाटिकाे सरकार छ ,अाफ्नै पाटिका नेताहरु पाटीका बिरोधमा छन , याे सरकारले राम्रो काम गर्न सकेन उनले भने । अब  अन्यायको अन्त्य,सत्यकाे विजय हुने भन्दै अब सबै एकजुट भएर लाग्नु पर्ने पनि उहाँले भनाई राख्नु भएकाे थियाे । यस्तै पुर्व केन्द्रीय सदस्य चन्द्र बिक, नेपाली काँग्रेस अछाम क्षेत्र नम्बर १, ख, का सभापती डम्बर स्वार, लगाएत नेबिसंघ अछामका सम्पर्ण पदाधिकारको सहभागिता रहेको थियो । कोणसभाको संचालन नेविसंघ अछामका सचिब बम बहादुर स्वारले गर्न भएको थियो ।

Leave a Reply