पञ्चदेवल बिनायक नगरपालिका १ कुईकामा रूपान्तरण समूह गठन

पञ्चदेवल बिनायक नगरपालिका १ कुईकामा रूपान्तरण समूह गठन

अछाम :वर्ल्डभिजन ईन्टरनेश्नल नेपालको आर्थिक सहयोग, आस्था नेपाल अछामको आयोजना एवं पञ्चदेवल बिनायक नगरपालिका १ नं. वडा कार्यालय कुईकाको समन्वयमा कुईकाको अमरसैन टोलमा रूपान्तरण समूह गठन गरिएको छ।

बाल संरक्षण परियोजना र बाल स्पोन्सरसीप परियोजना अन्तर्गत संचालन गरिएको उक्त कार्यक्रममा बालक्लबका प्रतिनिधि प्रकाश तिमील्सैनाको संयोजकत्वमा तीस जना सहभागी रहने गरी रूपान्तरण समूह गठन गरिएको हो। १० देखि १९ बर्ष उमेर समुहका किशोर किशोरीहरूलाई मानसिक रूपमा शसक्त बनाउने र किशोरावस्थासंगै उनिहरूमा आउने शारीरिक र मानसिक परिवर्तनका साथै उनिहरूमा आउने नकारात्म संवेगहरूबाट उनिहरूलाई सुरक्षित बनाउने , बाल अधिकारका बिषयमा जानकार बनाउने, सामाजिक कु- प्रथा, बालश्रम, दुर्व्यवहार, उपेक्षा, शोषण, दुर्व्यवहार , भेदभावका बिरूध्द आवाज उठाउन शसक्त बनाउने उदेश्यका साथ उक्त समूह गठन गरिएको छ। बिजय रिमाल र हस्तना तिमील्सैना उक्त समुहको साथी शिक्षकमा छनाैट हुनु भएको छ।
उक्त कार्यक्रममा वडा सदस्य ईन्द्रमणी तिमिल्सैना , दलित महिला वडा सदस्य हिरा बि. क. ने. क. पा. वडा संयोजक रबि तिमिल्सैना , समाजसेवी जनकराज तिमिल्सैनाको उपस्थिती रहेको थियो भने कार्यक्रमको सहजीकरण आस्था नेपाल अछामका सामाजिक परिचालक खकिन्द्र प्रसाद उपाध्यायले गर्नु भएको थियो।

Leave a Reply