बिकिनी फोटो सेयर गरेपछि ट्रो’ल बनिन् कंगना

बिकिनी फोटो सेयर गरेपछि ट्रो’ल बनिन् कंगना

बलिउडकी क्वीन भनेर चिनिने कंगना रनावत विवादकी क्वीन पनि हुन्। प्रायः बयानबाजी र विवाद निम्त्याउने कंगना सामाजिक सञ्जालमा सक्रिय छिन्। उनी विवादित बयानका अलावा आफ्ना सुन्दर तस्वीरहरू पनि सामाजिक सञ्जालमा सेयर गरिरहन्छिन्।

यस्तै पछिल्लो समय कंगनाले आफ्नो केही पुरानो बिकिनी फोटो सामाजिक सञ्जालमा सेयर गरेकी छन्। जसले गर्दा उनले भएभरको ट्रोल खेप्नु परेको छ। फोटोमा कंगनाले बिकिनी लगाएर समुन्द्री किनारमा बसेर न्यानो घामको आनन्द उठाइरहेकी छन्। यस फोटोलाई सेयर गर्दै कंगना लेख्छिन्, “शुभ प्रभात! मेक्सिको मेरा निम्ति निकै उत्साहित ठाउँ बनेको छ। यो ठाउँ सुन्दर छ र यसको बयान गर्न सकिँदैन। यो फोटो मेक्सिको को तुलुम भन्ने ठाउँको हो।”

कंगनाले सेयर गर्नेबित्तिकै फोटो तीव्र रूपमा भाइरल भएको छ। कंगनाको यो अवतारलाई धेरैले रुचाएर तारिफ गरेका छन् भने केहीले कंगनालाई ट्रो’ल पनि गरेका छन्। सधैं आफ्नो देश र संस्कृतिको कुरा गर्ने कंगनाले संस्कृति भुलेर यस्ता कपडा लगाएको आ’रोप धेरैले लगाएका छन्।

Leave a Reply