पैसा ,पावर र आडम्बरले बिग्रेको नेपालको राजनीति-चिन्तन पौडेल

पैसा ,पावर र आडम्बरले बिग्रेको नेपालको राजनीति-चिन्तन पौडेल

चिन्तन पौडेल

अहिले नेपालमा धेरै पैसा खर्च गरेर चुनावमा जान पर्ने संस्कार बिकास भएको छ। यो राजनीति बिग्रनुको मुख्य कारण हो । सामान्य आर्थिक हैसियत भएको तर मुल राजनीतिक मुद्दा बोकेर हिंडेको व्यक्ति पनि राजनीतिमा रहनुपर्ने हुन्छ । जसले राजनीतिक विकृति र भ्रस्टाचार निवारणमा सघाउँछ ।तर नेपालमा त्यो देखिदैन ।राजनितीमा योग्यता भन्नाले राम्रो शिक्षा र संस्कार भएको भनेर बुझ्नुपर्ने हुन्छ । राम्रो शिक्षा र अनुभव भएका व्यक्तिको नेपाली राजनीतिमा कमि भएको अनुभुति हुन्छ । विकसित मुलुकमा सबै भन्दा अब्बल , धेरै शिक्षित व्यक्तिको रुचि राजनीति हुन्छ । हाम्रोमा त्यो हुदैन सबैको रोजाइ औठाछाप भएर पो हो कि ?
डाक्टर वा ईन्जिनियर बन्नुको सट्टा राजनीति पनि गर्नुपर्छ भन्ने जबसम्म बनाउन सकिदैन तब सम्म राजनीति सम्मानित हुन सक्दैन ।
राजनितीमा अर्को भ्रम छ । कुनै समय सडकमा उत्रेर चर्को विरोध गरेको कुरा योग्यताको रुपमा रहनु । विचार र मुद्दालाई रचनात्मक रुपमा अगाडि सार्न सक्नेको योग्यता र योगदान पनि त्यतिकै महत्वपुर्ण हुन्छ । आवश्यक परेको खन्डमा विचार दिन सक्ने व्यक्ति पनि सडक संघर्षमा उत्रन सक्छन । तर बाहुबललाई र चर्को स्वरलाई योग्यता मान्ने हो भने राजनीतिमा आकर्षण कम हुन्छ । त्यसैले वैचारिक नेतृत्वको सम्मान गर्ने संस्कारको विकास हुन जरुरी ठान्छु।

लेखक पौडेल युबा सजगता अभियानका राष्ट्रिय अध्यक्ष हुन् ।

Leave a Reply